दुई सातादेखि अवरुद्ध भेरी करिडोर सञ्चालन

डोल्पा : पहिरोको कारण दुई सातादेखि अवरुद्ध जाजरकोट–डोल्पा सडकखण्ड सञ्चालनमा आएको छ। डोल्पा र रुकुम पश्चिमको सिमानामा पर्ने खदाङ–गोतामकोट खण्डमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो। सडक सञ्चालनमा ल्याउन त्रिपुरासुन्दरी नगरपालिकाको आफ्नै डोजर प्रयोग गरिएको थियो। सडक खुलेपछि यातायातका साधनहरु सञ्चालनमा आएका छन्। निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु …

हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द

    डोल्पा : हिमाली जिल्ला डोल्पामा बिहीबार बिहानैदेखि भारी हिमपात शुरु भएको छ। हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसइई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। ‘यस वर्ष लगातार चौथो पटकसम्म परेको हिमपातले चिसो अत्यधिक बढेको छ। बढ्दो चिसोका कारण एसइई तयारी कक्षा लिन …

हिमपातपछि जनजिवन प्रभावित

हिमपात र अविरल बर्षाले कर्णालीको जनजीवन प्रभावित बनेको छ । कर्णालीका हिमाली जिल्लामा हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो । सोमबार मध्यरातीबाट हिमपात र बर्षा भएको छ । लामो समयपछि परेको हिमपात र वर्षाका कारण कर्णालीको कालीकोट लगायतका जिल्लामा चिसो निकै बढेको छ । कर्णालीको कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पालगायतका …

डोल्पाको जुफाल विमानस्थलमा एक्सरे मेसिन नहुँदा समस्या

डोल्पा: हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थलमा सामान जाँच गर्ने एक्सरे मेसिन नहुँदा समस्या भएको छ । विमानस्थलमा एक्सरे मेसिन नहुँदा हातले छामेर काम गर्नु परेको सुरक्षामा खटिएका प्रहरीले जानकारी दिए । ठुलीभेरी नगरपालिका, ७ मा पर्ने विमानस्थल डोल्पाका जनतालाई जिल्ला बाहिर आवात जावत तथा दैनिक सामाग्री ढुवानी गर्ने भरपर्दो माध्याम बन्दै आएको …

हिमपातले कर्णालीका हिमाली जिल्लाको जनजीवन कष्टकर

हुम्ला : कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात भएको छ। यहाँका हुम्ला, जुम्ला, मुगु, डोल्पा र सुदूरपश्चिम प्रदेशका बझाङ तथा बाजुराका उत्तरी क्षेत्र हिउँले सेतम्मे भएका छन्। हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। हुम्लामा यो वर्षकै दोस्रोे पटक हिमपात भएको हो। बुधबार राति करिब ८ बजेदेखि हुम्लाको उत्तरी साविक गाविसका लिमी, …

डोल्पामा प्रभावकारी बन्दै कृषि बीमा

डोल्पा, मंसिर १८ ।  हिमाली जिल्ला डोल्पामा कृषि जोखिम बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । शिखर इन्स्योरेन्स कम्पनीले डोल्पामा नेपालकै कान्छो शाखा बिस्तार गरेर कृषि बीमा कार्यक्रम लागू गरेपछि कृषक धमाधम कृषि व्यवसायको बीमा गर्न थालेका छन् । जिल्लामै पहिलोपटक लागू भएको उक्त कृषि बीमा कार्यक्रमका कारण कृषकले आफूले …

से–फोक्सुन्डो सौन्दर्य

– गोविन्द शिवाकोटी नेपालको सबैभन्दा ठूलो ताल रारा, सबैभन्दा उचाइमा रहेको ताल तिलिचो (४९१९मि) र अन्य केही तालहरु पुगिसकेपछि बल्ल नेपालको सबैभन्दा गहिरो ताल से–फोक्सुन्डो यात्रा गर्ने मेसो मिल्यो । सामान्यत: से–फोक्सोन्डोको यात्रा नेपालगञ्जबाट डोल्पाको जुफलसम्म हवाईजहाजमा पुगेर त्यहाँबाट पदलयात्रा गर्दै शुरु हुन्छ । १ असोजमा सात जनाको हाम्रो टोलीलाई …