न्यायको खोजीमा दलित युवा

    मुगु : मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कामरोङ गाउँपालिकाका एक अपांगता भएका दलित युवा न्यायको खोजी गर्दै सदरमुकाम गमगढीमा भौतारिएका छन्। मुगुम कामरोङ गाउँपालिका- ६ रिउसका टसी विक न्यायको खोजीमा एक महिनादेखि सदरमुकाम गमगढीमा भौतारिएका हुन्। ३१ वर्षका टसीले आफू दलित भएरै होला न्याय नपाएको र …

पानी परे हिलाम्मे, घाम लागे धुलाम्मे

कर्णाली राजमार्गको दुरदर्शा

कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडक खण्ड हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने गरेको छ । कर्णाली राजमार्गको सुर्खेत देखि बढिचौर हुँदै दैलेख, कालिकोट, मुगु सम्म जोड्ने कर्णाली राजमार्ग पछिल्लो समय जिर्ण बन्दै गएको छ । हिउँदमा धुलाम्मे र पानी परे हिलाम्मे हुने कर्णाली राजमार्गमा सवार गर्ने यात्रुले सास्त्री खेप्नु परीरहेको …

हिमपातपछि जनजिवन प्रभावित

हिमपात र अविरल बर्षाले कर्णालीको जनजीवन प्रभावित बनेको छ । कर्णालीका हिमाली जिल्लामा हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो । सोमबार मध्यरातीबाट हिमपात र बर्षा भएको छ । लामो समयपछि परेको हिमपात र वर्षाका कारण कर्णालीको कालीकोट लगायतका जिल्लामा चिसो निकै बढेको छ । कर्णालीको कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पालगायतका …

चिसो बढेपछि विद्यालय बन्द

हुम्ला : अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ । आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताए । “आगामी …

ग्रामीण सडकको सुरक्षा परिक्षण

हुम्लाः हुम्लाको ससीसल्ला दार्मा र गल्फागाड श्रीनगर कालिका सडक आयोजनाको सडक सुरक्षा परिक्षण गरिएको छ । बेलायत सरकारको सहयोगमा हुम्ला जिल्लामा सञ्चालित ग्रामीण पहुँच कार्यक्रम तेश्रो चरण मार्फत निर्माण सम्पन्न गरिए पछि सडकको सुरक्षा परिक्षण गरिएको हो । सलीसल्ला दार्मा १४.५ किमी र गल्फागाड श्रीनगर कालीका जिल्ला सडक आयोजना १२.२०५ किमी …

२५ लाख रुपैयाँ खर्चेर जनप्रतिनिधीहरु भ्रमणमा

हुम्ला: संघीयता अवलोकनका लागि भन्दै सिमकोट गाउँपालिकाका पदाधिकारीसहित २० जना भ्रमणमा निस्किएका छन्। १६ जना कार्यपालिकाका जनप्रतिनिधि, एक जना प्रमुख प्रशासकीय अधिकृत, एक कर्मचारी, दुई कार्यालय सहयोगी गरी २० जनाको टोली नेपालका विभिन्न स्थानको भ्रमणमा निस्किएका हुन्। अन्य जिल्लामा भएका नमुना गाउँपालिकाको काम अवलोकन गर्ने भन्दै सिमकोट र नाम्खा गाउँपालिकाका …

महिनावारी हुँदा खुला ठाउँमा वास

हुम्ला: हुम्लामा  आजभाेली माइनस १० डिग्रीको जाडो छ । त्यसमाथि खुला आकाशमुनिको चौर । चिसो हावा चलिरहन्छ । यस्तो मासममा हुम्लामा महिनावारी भएकी महिलाले ४ देखि ६ दिनसम्म खुला चौरमा जीवन गुजार्नुपर्ने हुन्छ । सुन्दा कथाजस्तो लागे पनि यो काल्पनिक घटना होइन । हुम्ली महिलाको यथार्थ पीडा हो । यहाँका महिलाको जब महिनावारीको समय आउँछ, उनीहरूमा …

किलो नुन पाउन नियमित गर्भ जाँच

सल्यान: गर्भवती आमा नियमित गर्भ जाँचका लागि स्वास्थ्य संस्थानमा नआउने भएपछि सल्यानको त्रिवेणी गाउँपालिकाले एउटा जुक्ति निकाल्यो, नुन दिने । त्यसपछि भने नियमित गर्भ जाँच गर्ने आमाको संख्या एकाएक बढेको छ । गर्भ जाँच गराउन आउँदा नुन दिन थालेपछि सोचेभन्दा बढी आमा नियमित स्वास्थ्य संस्थामा आउन थालेको त्रिवेणीका स्वास्थ्य शाखाका इन्चार्ज प्रभातकुमार …

पियनका भरमा स्वास्थ्य चौकी, जहाँ सिटामोल पनि छैन

सिमकोटः हुम्लाका अधिकांश गाउँपालिकाका स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ। मौसम परिवर्तन भएसँगै रुघाखोकी, निमोनिया, दमलगायत रोगका विरामीहरू बढिरहेको भए पनि स्वास्थ्य चौकीहरूमा औषधि छैन। स्वास्थ्यकर्मीहरू पनि छैनन्। कार्यालय सहयोगीहरूले स्वास्थ्य संस्था संञ्चालन गरिरहेका छन्। सरकारले तोकेका मापदण्ड अनुसार स्थानीय निकायले औषधि खरिद गर्न नसकेपछि गाउँपालिकामा रहेको स्वाथ्य चौकीमा औषधिको …

सुत्केरी भत्ता दिन पैसा छैन, उधारो राख्दै छन् सरकारी कार्यालय

हुम्ला | सर्केगाड गाउँपालिका–१ जैरकी मन्दिरा बुढा गर्भवती भएपछि नियमित स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराइन् । उनले बर्थिङ सेन्टरमा बच्चा जन्माइन् । घर फर्किने वेला स्वास्थ्यकर्मीले भने, ‘अहिले पैसा छैन, उधारो भयो । पछि लग्नुहोला ।’ जेठमा बच्चा जन्माएकी मन्दिरा मंसिरसम्म पटक–पटक बर्थिङ सेन्टर पुगिन्, सुत्केरी भत्ता लिन । ‘अहिलेसम्म दिएका छैनन्, उधारो नै छ । …