गोठमा अगालागी हुँदा ९५ भेडाबाख्रा जलेर नष्ट

जुम्लाको पातारासी गाउँपालिका, २ पेरे गाउँकाे भेडीगोठमामा आगलागी हुँदा ९४ वटा भेडाबाख्रा जलेर नष्ट भएका छन् । स्थानीय मयलाल कामीको भेडीगोठमा आगलागीमा भएकाे हाे । ९४ वटा भेडाबख्रा जल्दा करिब नौं लाख रुपैयाँ क्षति भएको कृषक कैलो बुढाले बताए । रातकाे समयमा घरमा बालिएको बत्तीकाे आगो सल्केर आगलागी भएको हो …

जुम्लामा पुन: हिमपात, जनजीवन कष्टकर

    जुम्ला : जुम्लामा पुन: हिमपात सुरु भएको छ। मौसम बदली भएसँगै राति दुई बजेदेखि भारी वर्षा भएपछि बिहान तिन बजेबाट पुन: जुम्लामा हिउँ पर्न सुरु हो। हिमपातका कारण जुम्लाको जनजीवन कष्टकर बनेको छ।चिसोका कारण जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ। यो वर्षको हिउँद …

न्यायको खोजीमा दलित युवा

    मुगु : मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कामरोङ गाउँपालिकाका एक अपांगता भएका दलित युवा न्यायको खोजी गर्दै सदरमुकाम गमगढीमा भौतारिएका छन्। मुगुम कामरोङ गाउँपालिका- ६ रिउसका टसी विक न्यायको खोजीमा एक महिनादेखि सदरमुकाम गमगढीमा भौतारिएका हुन्। ३१ वर्षका टसीले आफू दलित भएरै होला न्याय नपाएको र …

हिमपातपछि जनजिवन प्रभावित

हिमपात र अविरल बर्षाले कर्णालीको जनजीवन प्रभावित बनेको छ । कर्णालीका हिमाली जिल्लामा हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो । सोमबार मध्यरातीबाट हिमपात र बर्षा भएको छ । लामो समयपछि परेको हिमपात र वर्षाका कारण कर्णालीको कालीकोट लगायतका जिल्लामा चिसो निकै बढेको छ । कर्णालीको कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पालगायतका …

कर्णाली विकास बहस चलाउछौँ : मन्त्री ज्वाला

जुम्ला- कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णालीमा विकास वहसको थालनी गर्ने बताएका छन्। उनले यो प्रदेशमा एकै खालका आवश्यकता भएका जिल्ला पर्ने भएकोले विकास वहस अपरिहार्य भएको बताए। स्थानीय सरकार र प्रदेश सरकारबीच योजना निर्माण, छनौट बजेट कार्यन्वयनका लागि छलफल गर्न कालिकोट हुँदै जुम्ला पुगेका मन्त्री …

महिनावारी हुँदा खुला ठाउँमा वास

हुम्ला: हुम्लामा  आजभाेली माइनस १० डिग्रीको जाडो छ । त्यसमाथि खुला आकाशमुनिको चौर । चिसो हावा चलिरहन्छ । यस्तो मासममा हुम्लामा महिनावारी भएकी महिलाले ४ देखि ६ दिनसम्म खुला चौरमा जीवन गुजार्नुपर्ने हुन्छ । सुन्दा कथाजस्तो लागे पनि यो काल्पनिक घटना होइन । हुम्ली महिलाको यथार्थ पीडा हो । यहाँका महिलाको जब महिनावारीको समय आउँछ, उनीहरूमा …

वातावरणीय प्रभाव मुल्यांकनविनै सडक निर्माण

जुम्ला: सबै स्थानीय तहले मापदण्डअनुसार सडक निर्माण नगरेको पाइएको छ । वातावरणीय प्रभाव मूल्यांकन नै नगरी स्थानीय तहले सडक निर्माण गरेका छन् । डोजर चालकले आफूलाई सहज हुने गरी जथाभावी सडक बनाउँदा वनका बिरुवाहरु नष्ट भएका छन् । वातावरणीय मुल्यांकन नगरी सडक निर्माण हुन थालेपछि पत्रकार महासंघ जिल्ला शाखा जुम्लाले स्थानीय तहको …

छुईगोठ मुक्त गर्ने अभियानमा जुम्लाका जनप्रतिनिधि

जुम्ला : छुईप्रथालाई समाजबाट मुक्त गर्ने अभियानमा जुम्लाका जनप्रतिनिधि जुटेका छन् । स्थानीय सरकार तथा सामाजिक संघसंस्था मिलेर महिला तथा धामीझाक्रीमा चेतना फैलाउँदै गाउँलाई छुईगोठ मुक्त गर्ने अभियानमा जुटेका हुन् । शुक्रबार महिला तथा सरोकारवाला निकायहरुले तिला गाउँपालिका – ८ पुरुगाउँलाई छुईगोठ मुक्त गरेको छ । तिला गाउँपालिकाको आयोजना तथा …

कृषि अर्गानिक प्रदेश घोषणाका लागि आधार केन्द्र जुम्ला

जुम्ला ः रारा कर्णाली पर्यटन बर्ष २०७५ को पुर्व तयारीका लागि जुम्ला पुगेका मन्त्रीहरुले कृषि अर्गानिक कर्णाली प्रदेश घोषणाका लागि आधार केन्द्र विन्दु जुम्लाबाट सुरु गर्ने बताएका छन् । प्रदेश मुकाम सुर्खेतबाट स्थल मार्ग हुदै जुम्ला पुगेका आन्तरिक मामिला तथा कानुन९गृह० मन्त्री नरेश भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री …

जुम्लाका स्वास्थ्य संस्था नैै बिरामी

जुम्ला १४ माघ । तातोपानी गाँउपालिका ४ हाँकुमा रहेको इलाका स्वास्थ्य चौकी हाँकुमा जडान गरिएको तातोपानी सोलार सिस्टम प्रयोगविहीन भएको छ । २०७० सालमा हाँकु वर्थिङ सेन्टरमा जडान गरिएको सोलार सिस्टम प्रयोगमै नआएर बिग्रिएको हो । चिसो समयमा सुत्केरी भएका आमा र नवजात शिशुलाई नुहाउनको लागि समस्या उत्पन्न भएको इलाका …