सामुदायिक विद्यालयमा विद्यार्थीको चाप, कक्षा कोठाको अभाव

कालीकोटः जिल्लाको महावै गाउँपालिका–२ मा रहेको तिला आधारभूत विद्यालय पादमघाटमा कक्षा कोठाको अभाव भएको छ । निजी स्कुलमा पढिरहेका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुँदा विद्यालयमा कक्षा कोठाको अभाव भएको हो । इसिडीदेखि कक्षा २ सम्म अंग्रेजी माध्यमबाट पढाई हुन थालेपछि विद्यार्थीको चाप बढेको हो । कक्षा ८ सम्म पढाइ हुने …

विप्लपको डरले विद्यालयको अनुगमन भएन

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिका–६ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा कार्यरत शिक्षकले नपढाएरै तलव खाने गरेको खुलासा भएको छ । कक्ष १ देखि ३ सम्म पढाई हुने उक्त विद्यालयमा अध्यापन गराउने शिक्षक विद्यालय नआएर उनीहरुको खातामा तलव निकासा हुने गरेको रहस्य खुलेको हो । विद्यालयको भौतिक पूवाधार र व्यवस्थापन राम्रो …

पट्के योजनाहरु भन्दा एकिकृत योजना देउ

प्रदेश सरकारलाई जनप्रतिनिधिको सूझाव

कालिकोट:  कालिकोटका स्थानिय तहका जनप्रतिनिधिहरुले कर्णाली प्रदेश सरकारलाई कृषि र पशुपालन क्षेत्रमा एकिकृत कार्यक्रम सहित बजेटमा मुख्य प्राथमिक्ता दिन सुझाव दिएका छन् । कर्णाली प्रदेशको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा शुक्रबार जिल्ला समन्वय समिति कालिकोटमा भएको आर्थिक बर्ष २०७६∕०७७ को नीति तथा कार्यक्रम, योजना तर्जुमा गोष्ठिमा सहभागी कालिकोटका …

संचार सामाग्री सहित कालीकोटका पत्रकारहरु पनि सडकमा

कालीकोटः मिडिया काउन्सिल विधेयक संशोधनको माग राख्खै आज देश भरका पत्रकार संचार सामाग्री सहित सडकमा उत्रेका छन् । सोही सिलाशिलामा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ शाखा कालीकोट र नेपाल प्रेस युनियनको अगुवाईमा सरकारले ल्याउन लागेको बिद्येयकको बिरोधमा कालीकोटका पत्रकारहरु पनि संचार सामाग्री सहित सडकमा उत्रेका छन् ।   विद्येकको …

सामाजिक सुरक्षा भत्ता वितरण

कालीकोटः पश्चिमी क्षेत्रमा रहेको नरहरिनाथ गाउँपालिकाले दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । नरहरिनाथ गाउँपालिकाले प्रत्येक वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । नरहरिनाथले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था मिलाएपछि ज्येष्ठ नागरिक, अपांगता भएका, दलित, बालबालिका तथा एकल महिलाहरुलाई सहज भएको छ  । …

कार्यशाला गोष्ठि सुरु

कालीकोटः हिमचुली कृर्षि सहकारी संस्थाले चार वर्षिय रणनैतिक योजना निमार्ण सम्वन्धि ३ दिने कार्यशाला गोष्ठि सुरु गरेको छ । अहिलेको अवस्थाबाट अवको चार वर्षमा संस्थालाई कुन स्थितिमा पु¥याउन सकिन्छ भन्ने उद्देश्यका साथ कार्यशाला गोष्ठिको आयोजना गरिएको हो । हिमचुली कृषि सहकारी संस्थाका अध्यक्ष कालीबहादुर महताराको अध्यक्षता राष्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र …

खेलाडी बोकेको जिप पल्टिँदा २५ घाइते

कालीकोट । जिल्ला सदरमुकाम मान्मबजारदेखि करिब पंचदेवल माध्यामिक विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा हिँडेका लु१च ६४६४ नम्बरको जिप दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। खेलाडी र दर्शक बोकेको जिप जिल्ला अस्पताल मोडमा पल्टिँदा २५ जना घाइते भएका हुन्। प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु बोकेर कार्यक्रमस्थलतिर जाँदै गरेको रातो …

नेकपा कालीकोटको अध्यक्षमा धनजित शाही ,सचिबमा नगेन्द्र शाही चयन

कालीकोटः नेपाल कम्युनिष्ट पार्टी नेकपाले केन्द्रमा पार्टी एकता गरेको ११ महिना पछि मात्र जिल्ला स्तरमा नेतृत्व चयन गरेको छ । केन्द्र एकता गरेको लामो समयसम्म जिल्ला एकता गर्न नसकेको नेकपाले पार्टी स्थापना दिवसको अवसरमा जिल्ला नेतृत्व चयन गरेको हो । आज जिल्ला एकता गरेको नेकपाले ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व …

कुन स्थानीय तहमा कति बेरुजु

कालिकोटका नौ स्थानीय तहमा ३० करोडभन्दा बढी बेरुजु कालिकोटः महालेखा परीक्षकको ५६ औैं प्रतिवेदनअनुसार जिल्लाका नौ स्थानीय तहमा आर्थिक वर्ष २०७४÷७५ मा ३० करोडभन्दा बढी बेरुजु देखाएको छ।महालेखा परीक्षकको कार्यालयले बजेट अनियमित तवरले खर्च गरेर बेरुजु देखाएको हो। कालिकोटका नौ स्थानीय तहमा तीस करोड पैतिस लाख दुई हजार रुपैयाँ बेरुजु …

पाठ्यपुस्तक गोदाममै थन्किए

  कालीकोटः जिल्लाका लागि आएका पाठ्यपुस्तक सदरमुकामका गोदाममै थन्किएका छन् । जिल्लामा रहेका विद्यालयहरुले आफ्नो विद्यालयका लागि समयमै किताव नलिदा गोदाममै थन्किएका हुन् । जिल्लामा सबै भन्दा बढी पाठ्यपुस्तक बिक्रि बितरण गर्ने बिक्रेताहरुले चैतमा जिल्लामा पाठ्यपुस्तक ढुवानी गरे पनि बिद्यालयहरुले नलिएपछि गोदाममै थन्क्याउनु परेको विक्रेताहरुले गुनासो गरेका छन् । जिल्ला …