डिआइजी शाहले थाले कारागारमा पुस्तकालय अभियान

सुर्खेत: कारागार अपराधी थुन्ने ठाउँका रूपमा मात्र बुझ्नु पक्कै गलत हुन्छ । यो चरित्र सुधार गर्ने ठाउँ हो । यतिवेला कारागारका कैदीबन्दीलाई पढाउने अभियानमा छन् कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाह । उनी प्रदेशका आठै कारागारमा पुस्तकालय बनाउने अभियानमा छन् । अध्ययनबाट सकारात्मक सोच विकास हुँदा समाजमा शान्तिसुरक्षा पनि …

‘कलाकारलाई रोयल्टीको व्यवस्थापन गर्न आवश्यक छ’

मुख्यमन्त्री शाहीले भनेः

सुर्खेत: कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्रष्टाले पाउनुपर्ने रोयल्टीको व्यवस्थापन गर्न आवश्यक भएकाे बताएका छन् । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयद्वारा वीरेन्द्रनगरमा आयोजित ‘प्रतिलिपि अधिकार र रोयल्टी व्यवस्थापनमा प्रदेश सरकार’ को भूमिका विषयक अन्तक्र्रियामा मुख्यमन्त्री शाहीले सबै पेशा, वर्ग र समुदायको हकहित संरक्षणकै लागि सङ्घीयता आएको बताए । उनले विज्ञान प्रविधिको समुचित …

आफूलाई हिरो देखाउन ‘आत्मकथा’ !

लिटरेचर फेस्टिभल

नेपाल लिटरेचर फेस्टिभल २०१८ को तेस्रो दिन सोमबार फेवा किनारको माहोल निकै तात्यो । बुकवर्म फाउन्डेसन र रयान्डम रिडर्स सोसाइटीको आयोजनामा तालबाराही चोकमा भइरहेको फेस्टिभलमा समसामयिक विषयमा चर्चा भए । फेस्टिभलअन्तर्गत सोमबारको पहिलो सेसन थियो, ‘अँध्यारो उज्यालो’ । यो सेसनमा वरिष्ठ पत्रकार विजय कुमार र रवि लामिछानेले अन्तरक्रिया गरे । …

श्रष्टाको आँगनमै श्रष्टालाई सम्मान

लम्की (कैलाली): कैलालीको लम्की चुहा नगरपालिका–६ को वावनपुरमा श्रष्टा आँगन कार्यक्रम सम्पन्न भएको छ । भाषा, साहित्य र संस्कृतिको बिकासमार्फत श्रष्टाहरुलाई सम्मान गर्ने र नव सर्जकहरुको प्रतिभाको खोजी गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । शनिबार बलबहादुर रावत ‘सानु’ को आँगनमा गरिएको कार्यक्रममा श्रष्टा र साहित्यिक वातावरण बनाउने आफन्तलाई सम्मान गर्ने …

तिमीले देखाएका सपना पछ्याउँदै

अर्पना अाले मगर थाहा छैन यो ‘कु’लत हो कि ‘सु’लत तर यो लतले आज मलाई निदाउन दिएन। आँखा चिम्म गरी कतिबेर यसै खाटमा पल्टिरहेँ। निदाउन सकिनँ। गीत सुनेँ। किताब पल्टाएँ तर निद्रा परेन। घरिघरि आँखा त्यही डस्टबिनतिर मात्र गइरहे। फेरि आँखाको नक्सा परिवर्तन गरेँ अनि किताबतिर हेरेँ। बिडम्वना म किताब  पढिरहेकी थिएँ यद्यपि एकै …

आरुका फूल र जुम्ली हाँसो

खगेन्द्र गिरि कोपिला’ जिउ थाकेर लोथ परेको छ । टाउको भारी भएको छ । निद्रा खोजिरहेछ शरिरले तर मनले निदाउने आदेश दिएको छैन । हामी गमगडी र राराको यात्राबाट नेपालगंज फर्किदै छौं । हाम्रो टोलीमा छ जना छौं ‘शिरुपाते माया जाल’ भन्ने गीत गाएर हरदम हँसाइरहने जयवीर शाही, टोलीका सबैभन्दा …

सुनेको रारा, देखेको रारा

उद्योग सुवाल देशकै ठूलो ताल राराको विषयमा धेरै पहिलादेखि सुनेका थियौं। धेरैपटक जाने योजना पनि बुन्यौ। तस्बिर र टिभीमा रारा देख्दा कहिले पुग्न पाइएला जस्तो लाग्थ्यो, हामी यसपाली पुग्यौं। र, हामीले दुई रात त्यहाँ वितायौं। तालको सौन्दर्यमा रमायौं। अचेल धेरै नेपाली मोटर बाटो भएर राराताल पुगेको खबर सुनिन्छ। हामी चाहिँ …

काठमाण्डौमा सुरु भयो फेसन हाउस

विगत ६ बर्षदेखि बेलायतको लण्डनमा रहेको हायस र साउथ ह्यारो गरि २ स्थानमा लण्डन फेसन हाउस संचालन गर्दै आएकी फेसन डिजाइनर मनिषा डंगोलले काठमाण्डौमा पनि ‘हाउस अफ डिजाइन’ सुरु गरेकी छिन् । काठमाण्डौको खुशीबुस्थित लिंक रोडमा यो हाउस सुरु गरिएको हो । एनआरएनएका अध्यक्ष भवन भट्टले यो हाउसको उद्घाटन गरेका …