आज दिउँसोसम्म सबै मतपेटिका संकलनको काम सकिने

काठमाडौं, १२ मंसिर – पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका मतपेटिका केही विकट क्षेत्रबाहेक जिल्ला सदरमुकाम ल्याउने क्रम जारी छ । अधिकांश जिल्लाबाट संकलन भइसकेकाले आजसम्म सबै मतपेटिका जिल्ला सदरमुकाम पु¥याईसक्ने निर्वाचन आयोगले जनाएको छ ।

मतगणना मंसिर २१ गते हुने दोस्रो चरणको मतदानपछि एकैपटक सुरु गरिने भएको छ । मतपेटिको सुरक्षामा चासो बढिरहेको बेला अबको १० दिनसम्म मतपेटिका सुरक्षा घेराभित्र राखिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

कोठाभित्र मतपेटिका बन्द अवस्थामा राखी बाहिरबाट सिल गरिने भन्दै उहाँले जनपद प्रहरीको सुरक्षामा रहने बताउनुभयो । उहाँका अनुसार आवश्यकताअनुसार बाहिरी घेरामा सशस्त्र प्रहरी र सेनाको समेत सुरक्षा हुनेछ । आयोगले मतदानपछि सिल गरिएका सबै मतपेटिका जिल्ला निर्वाचन कार्यालय वा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिनेछन् ।

मतदान केन्द्रबाट मतपेटिका उम्मेदवार र प्रतिनिधिको रोहबरमा मुचुल्का तयार गरी जिल्ला निर्वाचन कार्यालय वा मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याइनेछन् । अबको १० दिनसम्म चौबीसै घन्टा सुरक्षाकर्मीको सुरक्षा घेराभित्र मतपेटिका राखिनेछन् ।

आवश्यकताअनुसार सीसीटीभीबाट समेत मतपेटिका रहेको स्थानको निगरानी गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४     5:53:52 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *