कांग्रेसले आज तीन जिल्लामा चुनावी सभा गर्दै, प्रधानमन्त्री देउवासहित शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं, १२ मंसिर – प्रदेश तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै राजनीतिक दलहरू दोस्रो चरणको निर्वाचनमा केन्द्रित भएका छन । २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनअन्तर्गत ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ सिटका लागि प्रतिस्पर्धा हुँदै छ ।

पहिलो चरणको निर्वाचन सम्मपन्न भएलगत्तै ति क्षेत्रवाट उम्मेदवार वनेका विभिन्न दलका शिर्ष तहका नेताहरु दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा केन्द्रित हुने भएका हुन ।  कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले पहिलो चरणमा निर्वाचनमा उम्मेदवार भएका प्रभावशाली नेतालाई दोस्रो चरणको निर्वाचनमा परिचालन गरिने जानकारी दिनुभएको छ ।

पार्टीले आवश्यता महसुस गरेको जिल्लामा पहिलो चरणको निर्वाचनमा उम्मेदवार भएका नेतालाई दोस्रो चरणमा उम्मेदवार भएका नेताहरूलाई सहयोग गर्न खटाउन लागिएको वताउनुभयो । कांग्रेसवाट नुवाकोटवाट पहिलो चरणको निर्वाचनमा उम्मेदवार वनेका रामशरण महत र अर्जुननरसिंह केसि केहि समयपछि दोस्रो चरणको निर्वाचन प्रचारमा सामेल हुने कांग्रेसले जनाएको छ ।

त्यस्तै गोरखावाट चुनाव लडेका नयाँ शक्तिका संयोजक डा. वावुराम भट्टराई अहिले काठमाडौमा हुनुहुन्छ । भक्तपुरको सभालाई सम्वोधन गरेपछि उहाँ मंसिर १४ वाट दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा हुने सभालाई सम्वोधन गर्न जाने कार्यक्रम रहेको छ । त्यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, एमाले नेता योगेश भटराई पनि दोस्रो चरणमा निर्वाचन हुने झापा, मोरङ लगाएतका जिल्लामा खटिने हुनुभएको छ ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललगायतका नेताहरू दोस्रो चरणको निर्वाचनमा उम्मेदवार छन् ।

यसैगरी राजपा नेपाल र फोरम नेपालको मधेसवादी गठबन्धनका महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, अशोक राई, रामसहाय यादवलगायतका शीर्ष नेताहरू पनि दोस्रो चरणकै निर्वाचनमा उम्मेदवार रहेका छन् ।अधिकांस शिर्ष नेताहरु दोस्रो चरणको निर्वाचन हुने क्षेत्रहरुवाट उम्मेदवार वनेकाले पनि सवैको ध्यान दोस्रो चरणको निर्वाचनमा केन्द्रित भएको हो ।

कांग्रेसको चुनावी सभा
पहिलो चरणको निर्वाचन सकिए लगत्तै नेपाली कांग्रेसले दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रहरुमा सभाको आयोजना गरि प्रचार अभियानलाई तिव्रता दिने भएको छ । प्रचार अभियान अन्तरगत कांग्रेसले आज रुपन्देहि, कपिलवस्तु तथा दाङ जिल्लाको घोराही र तुलसीपुरमा सभाको आयोजना गरेको छ ।

आज हुने ति सभाहरुलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवा लगाएतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक वालकृष्ण खाणले जानकारी दिनुभएको छ ।
नेपाली कांग्रेसले आजदेखि मंसिर १४ गतेसम्म निर्वाचन हुने जिल्लाहरुमा सभाको आयोजना गर्ने जनाएको छ ।

ती जिल्लाहरुमा हुने सभालाई सभापति देउवा लगाएतका शिर्ष नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ भने पहिलो चरणको निर्वाचनमा उम्मेदवार वनेका शिर्ष तहका नेताहरुलाई पनि चुनावी प्रचार प्रशारमा खटाउने कांग्रेसले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४     5:58:14 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *