पायल्सका लक्षण र रोगथाम

 

पायल्स रोग सुरु हुँदा मलाशयमा चिलाउने, दिसा खलास नहुने र सामान्य दुख्नेजस्ता लक्षण देखा पर्छन् ।

रोगले च्याप्दै जाँदा मलाशयका रक्त नलीहरू सुन्निने, फुट्ने भई अकस्मात् रक्तस्राव हुन सक्छ । मलद्धार नजिकका तन्तुहरू तल खस्न जाँदा गुजिल्टिएर मासुका ससाना डल्ला–डल्लीहरू गुद्वार वरिपरि देखिन्छन् ।

बाह्य पायल्स अत्यन्त पीडा हुने, दिसा अड्केको अनुभव हुने, उठ्न, बस्न, हिँडडुल गर्न गाह्रो हुने, मलत्यागपछि पनि पेट सफा नभएको भान हुने आदि हुन्छ । मासी पर्ने, मलद्वार वरिपरि चिलाउने तथा दिसा बस्दा दुख्ने आदि लक्षण पनि यो रोगमा देखा पर्छन् ।

पायल्सको रोकथाम

दिनमा कमसेकम ३–४ लिटर पानी पिउँदा खानामा मसिनो–मीठो भन्दा खस्स्रो–मोटो वस्तुहरूको समायोजन पाइल्सका लागि फाइदादायक छ । रेसा र चोकरयुक्त खाद्यपदार्थ, सागसब्जी, फलफूल, सलाद खाने बानी बसालौं ।

–लामो समय कुर्सीमा नबसौं । बस्नैपर्ने भए पनि ३०– ३० मिनेटको अन्तरमा आसन परिवर्तन गरौं ।

–भारी वस्तु उठाउँदा पनि पेटमा बल पर्नु हुँदैन ।

–गर्भावस्था, कलेजोको रोग, आन्द्राको रोग, पारकिनसन रोग, थाइराइडिजजस्ता विशेष रोग भएकाहरूले सावधानी अपनाऔं ।

–श्रम तथा व्यायामलाई दिनचर्याको अभिन्न अंग बनाऔं ।

–तेलिय भोजनको सेवन नगरांै ।

–मद्यपान, धूम्रपान र अन्य नसालु पदार्थहरूको सेवन नगर्नु राम्रो हो ।–हेल्थ टिप्सबाट

प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४     6:24:37 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *