त्रिशूलीमा बस खस्दा ७ को मृत्यु

चितवन : काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ। दुर्घटनामा १९ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार लु २ ख २९१ नम्बरको उक्त बस वीरगञ्जबाट काठमाडौँं जाँदै गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो।

इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारबाट बुधबार बिहान सवा ९ बजे त्रिशूली नदीमा खसेको हो। बस सडकबाट ५० मिटर तल खसेको थियो। घाइतेहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

बस पानीमा डुबेका कारण थप क्षति हुन सक्ने अनुमान प्रहरीले गरेको राससले उल्लेख गरेको छ। यद्यपि त्रिशूलीमा डुबेको बस भेटिएको छैन।

दुर्घटनास्थल मुग्लिनबाट १३ किमी काठमाडौंतर्फ पर्छ।

प्रकाशित मितिः बुधबार, मंसिर १३, २०७४     7:42:29 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *