जिप दुर्घटनामा घाइते भएका ६ जनालाई हेलिकोप्टरबाट उद्धार

मंसिर १३, २०७४ कालिकोट :
जिल्लाको खाँडाचक्र नगरपालिका-१ जिल्ला अस्पताल मोडमा लु२ च २००३ नम्बरको बलेरो जिप दुर्घटना परी घाइते भएका ६ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका नेपालगञ्ज लगिएको छ। जिल्ला अस्पताल कालिकोटमा थप उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगञ्ग लगिएको हो। दुर्घटना परी घाइते भएका मुगुका विष्णुराज धामी, लक्ष्मी रावत, किसिम कार्की, मायालक्ष्मी मल्ल, हुम्लाका सन्तबहादुर शाही र बाँके नेपालगञ्जका चालक इन्द्रप्रसाद थारुलाई थप उपचार नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख सुवासचन्द्र बोहराले बताए। ‘घाइतेहरुको थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।’ उनले भने,‘यहाँ उपचार हुन नसकेपछि नेपालगञ्ज लगिएको हो।’ जिल्ला अस्पताल कालिकोटका अनुसार दुर्घटनामा परी घाइते भएका चालक इन्द्रबहादुर थारुको अवस्था चिन्ताजनक रहेको छ।
प्रकाशित मितिः बुधबार, मंसिर १३, २०७४     7:44:05 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *