समयशून्यताको अनुभूति

अर्गाज्म अर्थात् यौन समागमका बखत महसुस हुने चरम सुखसँगै समयशून्यताको अनुभूति हुन्छ । मानिसले स्वयंलाई भुल्दछ र अगाध आनन्दसागरमा विलिन हुन्छ । तान्त्रिक पद्धतिको ज्ञान नभएका मानिसका निम्ति भने यो अनुभूति क्षणिक हुने हुँदा यसले धेरै महत्व राख्दैन । त्यो अनुभूतिका लागि ऊ बारम्बार सम्भोग गर्न आतुर रहन्छ तर क्षणिक सुख क्षणमै बिलाएर जान्छ । तृप्ति कहिल्यै हुँदैन ।
तन्त्रले त्यो क्षणिक सुखानुभूतिलाई कसरी चाहेजति लम्ब्याउने, कसरी त्यसबाट सृजनशीलताका निम्ति प्रेरणा लिने र व्यक्तित्व विकास गर्ने भन्ने बारेमा बुझौं ।
सम्भोगका बेला सक्रिय दिमागलाई बिर्सन सक्यो भने तत्क्षण हामी मस्तिष्कको तल्लो अचेतन तहमा प्रवेश गर्नसक्छौं । त्यतिखेरै नयाँ अनुभूति हुन थाल्छ किनभने सम्भोग दिमागको मात्र चाहना होइन । यो त हाम्रो समग्र शरीर, पूरै अस्तित्व र प्राणको आवश्यकता हो । विचारले उत्तेजनालाई स्वभाविक रुपले वृद्धि गर्छ तर अर्गाज्म विचारभन्दा धेरै परबाट उद्भव हुन्छ । अर्गाज्म ठीक त्यतिबेला अनुभूति हुन्छ जतिखेर हामी पूर्णतया प्रेमको शून्यतामा हराउँछौं । त्यसबखत यदि हामीले विचारशून्य ऊर्जालाई समग्र शरीरमा विचरण गर्न दियौं भने हामी त्यो सुन्दर संसारमा पुग्छौं जहाँ समय हुँदैन, पूर्ण शान्ति हुन्छ ।
त्यो अद्भूत समयशून्य स्थितिमा सचेत हुनसके हामीले दिव्य अन्तर्दृष्टि प्राप्त गर्न सक्छौं । महान् कवि, सङ्गीतकार र कलाकारले अथक साधना गरेर, योगीहरूले ध्यान गरेर प्राप्त गर्नसक्ने इन्साइट, अन्तर्दृष्टि वा प्रेरणाका झिल्काहरू त्यतिखेर उपलब्ध हुन्छन् । त्यो अन्तर्दृष्टिबाट हामीले आफ्नो जीवन चाहेजस्तो बनाउन सक्छौं । कसरी मानिसको मन जित्ने, कसरी धनदौलतको वर्षा गराउने, कसरी जीवनका सारा सुख र ऐश्वर्य उपयोग गर्ने, कसरी असहाय वा घरवारविहीनलाई तिनीहरूको जीवन सहज बनाउन उपाय निकाल्ने वा कसरी समस्त मानव समुदायमा सौहाद्रता सिर्जना गर्नेजस्ता सवालको समाधान सजिलै फेला पार्न सक्छौं ।
यो कसरी संभव हुन्छ भने अर्गाज्मका बेला हामीले सचेत भई यी सवालको ध्यान राख्यौं भने ती सवाल बीज बनेर मस्तिष्कको अचेतन तहमा पुग्छ । त्यहाँ हामीले आफ्नो जीवनकालमा अध्ययन र अनुभवबाट हासिल गरेको प्रज्ञामात्र होइन, सम्पूर्ण मानव जातिले करिब पाँच हजार वर्षको अवधिमा विकसित गरेको समस्त प्रज्ञा सञ्चित रहेको हुन्छ । प्रज्ञाको त्यो अक्षय भण्डारबाट हामीले क्षमताअनुसार सम्पदा बटुल्न सक्छौं । मस्तिष्कको अचेतन तहले त्यहाँ बीजको रुपमा हामीले छाडेका सवालको समाधान क्रमशः चेतन मस्तिष्कमा पठाउँछ । साधकले आशङ्कालाई यो प्रक्रियामा प्रवेश नदिन सावधान रहनुपर्छ ।
(साभारः कामसूत्र, लेखकः आचार्य)

प्रकाशित मितिः बुधबार, मंसिर १३, २०७४     10:47:37 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *