कपिल–सन्नी एकसाथ

मुम्बई । बलिउडकी चर्चित नायिका सन्नी लियोन र कपिल शर्माको चलचित्र एकसाथ प्रदर्शन हुने भएका छन् । आउँदो डिसेम्बर १ मा सन्नी अभिनित ‘तेरा इन्तजार’ र कपिलको ‘फिरंगी’ प्रदर्शन हुने भएको हो ।

‘तेरा इन्तजार’ मा सन्नीले अरबाज खानसँग अनस्क्रिन रोमान्स गरेकी छन् । कतिले सन्नी र कपिलको भिडन्त हुने भनेको कुरालाई उनले भिडन्त भन्न नमिल्ने धारणा पनि दिएकी छन् । उनले हरेक हप्ता केही चलचित्रहरु प्रदर्शन भइरहने हुँदा एकैमितिमा प्रदर्शन हुनासाथ भिडन्त नभनिदिन आग्रह गरेकी छन् । उनले कपिल शर्मालाई शुभकामनासमेत दिएकी छन् । यसअघि चलचित्र ‘पद्यमावती’ डिसेम्बर १ मा प्रदर्शन हुने भनिएको थियो । मिति अनिश्चित बनेपछि कपिल र सन्नीको चलचित्र सोही मितिमा आएका हुन् ।

प्रकाशित मितिः बिहिबार, मंसिर १४, २०७४     5:40:35 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *