बासस्थान दिनेलाई भाेट दिन्छाैँ – बाढिपिडित

सुर्खेत मंसिर १४। ‘अघिल्लो निर्वाचनमा उचित बसोबासको व्यवस्था गरिदिने प्रतिवद्धता जनाएका जन प्रतिनिधिले निर्वाचनमा विजयी भएपछि फर्केर आएका छैन् ।’ गिरीघाटको चिसो पाल मुनि वसेका बाढिपिडितले भने । मंसिर २१ गते हुने दोस्रो चरणमा हुने प्रतिनिधि तथा प्रदेश निर्वाचनमा कसलाई भोट दिने भन्ने अन्यौलमा बसेका उनीहरुसंग भोट माग्न अहिले सम्म कुनै पार्टीका उम्मेदवार समेत नआएको उनीहरुले बताएका छन् । स्थानिय निकायको निर्वाचनमा दलका नेताहरुले बाढिपिडितलाई उचित वासोवासको व्यवस्थापन गरिदिने आसश्वासनमा भुलाएका नेताहरुले पिडितहरुलाई विर्सेको उनीहरुको गुनासो छ ।
२०७१ साउन २९ गते सुर्खेतमा आएको बाढिपहिरोबाट विस्थापित भएका हरिहरपुरका पिडितहरु गिरीघाटको जंगलमा पालपुनी बस्नथालेको पनि चार वर्ष पुगेको छ । निर्वाचनका बेला राजनीतिक दलका उम्मेदवारले उचित बसोबासको व्यवस्थापन गर्ने प्रतिवद्धता र आर्थिक उन्नतीको आश्वासन दिने गरे पनि अहिले सम्म कसैले पनि पुरा गर्न नसकेको उनीहरुको भनाई छ । बाढिपहिरोले सर्वस्व गुमाएका बाढिपिडितहरु दैनिक दाउरा र गिट्टी कुटेर गुजारा गर्दै आएका छन् ।
गिरीघाटस्थित बाढिपिडितका प्रत्येक पालमा दोस्रो चरणको निर्वाचनलाई लक्षित गरि दलका झण्डाहरु झुण्ड्याइएको छ । चुनाव प्रचारकालागि दलका नेता नआएर कार्यकर्ताले झण्डा राखेर गएको पिडित रामबहादुर सुनारले बताए । अहिले सम्म भोट हामीलाई देउ भन्न उम्मेदवारहरु नआएको तर पालमा झण्डा राखेर गएको उनको भनाई छ । बाढिपिडितलाई उचित बासस्थानको व्यवस्थापन गर्ने विश्वास दिलाउने पार्टी उनीहरुको रोजाइमा पर्ने पिडित सुनारको रहेको छ ।
रामबहादुर सुनार जस्तै गिरीघाटको पाल मुनि वस्ने सवै बाढिपहिरोबाट विस्थापित बनेका पिडितहरुको गुनासोे छ । अघिल्लो पटक स्थानिय निकायको निर्वाचनमा पिडितहरुलाई व्यवस्थापन गर्ने भनेका नेताहरु नआएपछि यस पटकको निर्वाचनमा कसलाई भोट हाल्ने अन्यौलमा रहेको हरिहरपुरका बाढिपिडित जलधारा सुनारले बताइन । उनको पनि पहिलो प्राथमिकता भनेको चिसोबाट जोगिने नै रहेको छ । जाडोमा पाल भित्र सितका थोपा चुहिन्छ भने गर्मिमा तातोले वस्न सक्ने अवस्था नरहेकाले बाढिपिडितको बासस्थानको व्यवस्थापन गर्न सक्ने नेता रोज्ने उनले बताइन । घरपरिवारबाट विस्थापित मात्रै नभए शिक्षा स्वास्थ्य र रोजगारीबाटसमेत बञ्चित हुनु परेको स्थानिय पिडित इन्द्रबहादुर नेपालीले बताए । बासमात्रै नभइ शिक्षा स्वास्थ्य र रोजगारीको अवसर दिन सक्ने नेता रोज्ने वेला आएको उनको भनाई छ । अहिले सम्म आफुहरु वस्ने पालमुनि कुनै दलका नेताले के छ भनेर सोध्नसमेत नआएपनि भोट माग्न आउने उनको विश्वास भने टुटेको छैन । भोट माग्ने आउने नेताले विश्वास दिलाए त्यहि पार्टिलाई भोट हाल्ने उनको भनाई छ ।
हरिहरपुरमा आएको बाढिपहिरोबाट विस्थापित भएर १ सय ८३ घर परिवार गिरीघाटमा बस्दै आएका छन् ।

प्रकाशित मितिः बिहिबार, मंसिर १४, २०७४     7:20:41 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *