काठमाण्डौमा सुरु भयो फेसन हाउस

विगत ६ बर्षदेखि बेलायतको लण्डनमा रहेको हायस र साउथ ह्यारो गरि २ स्थानमा लण्डन फेसन हाउस संचालन गर्दै आएकी फेसन डिजाइनर मनिषा डंगोलले काठमाण्डौमा पनि ‘हाउस अफ डिजाइन’ सुरु गरेकी छिन् । काठमाण्डौको खुशीबुस्थित लिंक रोडमा यो हाउस सुरु गरिएको हो ।

एनआरएनएका अध्यक्ष भवन भट्टले यो हाउसको उद्घाटन गरेका थिए । यस्तै, कलाकार तथा कोरियोग्राफर प्रशान्त ताम्राकारले मनिषा एक दशकदेखि फेसन डिजाइनमा लागेको र उनले यहाँका डिजाइन र डिजाइनरलाई प्रर्बद्धन गर्न यो ‘हाउस आफ डिजाइन’ स्थापना गरेको बताए ।

लण्डन फेसन हाउस अफ डिजाइनकी निर्देशक मनिषाले बुटिक सञ्चालन गर्न नसकेका डिजाइनरलाई लक्षित गरेर डिजाइन हाउस शुरु गरेको बताइन् । हाल त्यहाँ एक दर्जन डिजाइनरले नेपाली र अन्तर्राष्ट्रिय बजारलाई फेसन डिजाइन गर्दै आएको जनाउँदै उनले अरु डिजाइनरका लागी पनि यो ठाउँ उपयोग हुने बताइन् । उद्घाटन पछि बिभिन्न मोडलहरुले ‘हाउस आफ डिजाइन’का नयाँ फेसनको फेसन शो गरेका थिए ।

प्रकाशित मितिः सोमवार, मंसिर ११, २०७४     4:00:22 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *