कालिकोटमा ६० प्रतिशत मत खस्यो

साधना शाही
कालीकोट, ११ मंसिर । प्रतिनिधी सभा र प्रदेश सभा अन्तर्गत आइतबार भएको निर्वाचन कालीकोटमा उत्साजनक मतदान भएको छ । बेलुका ५ बजेसम्म सकिएको मतदानमा कालीकोटमा ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दिनभर शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको मतदान सम्पन्न भएपछि अब मत पेटीका सदरमुकाम ल्याउने काम भईरहेको प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार केही ठाउँमा छिटफुट बिष्फोटका आवाज सुजिनए पनि निर्वाचनलाई प्रभावित नबने गतिविधी कही कतै नभएको उहाँले बताउनु भयो । अति संवेदनशिल मानिएको मुम्रा को डाँफे माध्यामिक विद्यालयको क र ख मतदान केन्द्रका मत पेटिकाहरु हेलिकोप्टरबाट सदरमुकाम ल्याउने कार्य भैरहेको बताउनु भएको छ ।

त्यसैगरी नरहरीनाथ गाउँपालिकाको माल्कोटका तीन मतदान केन्द्रका मत पेटिकाहरु पनि हेलिकोप्टरबाट ल्याउने व्यवस्था मिलाइएको छ भने बाँकी स्थानका मत पेटिकाहरु सुरक्षित स्थानमा संकलन गरी भोली बिहानबाट मात्र सदरमुकाम ल्याउने कार्य भैरहेको सहायक मतदान अधिकृत शोभाकर खरेलेलले जानकारी दिनु भएको छ ।

कालीकोटको प्रदेश सभा क्षेत्र क अन्तरर्गत सडकको पहुँच पुगेका का मतदान केन्द्रका मतपेटिकाहरु पनि आजै सदरमुकाम ल्याउने प्रयास भैरहेको बताउनु भएको छ ।

प्रकाशित मितिः सोमवार, मंसिर ११, २०७४     5:24:25 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *