कांग्रेस युवा नेता प्रदीप पौडेलको घरमा बम विष्फोट

तनहुँ  मंसिर १६, । कांग्रेस युवा नेता प्रदीप पौडेलको तनहुँस्थित घरमा बम विष्फोट भएको छ । तनहुँको गणपतेस्थित पौडेलको घरमा शनिबार बिहान करिब पौने पाँच बजेतिर बम विष्फोट भएको हो ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पौडेल तनहुँ क्षेत्र नम्बर २ (क)का उम्मेदवार समेत हुन् । आँगनमा बम विष्फोट भएको र घरका सबै सदस्य सकुशल रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । घरमा भने सामान्य क्षति भएको छ । बम विष्फोट गराउने समूहको पहिचान भएको छैन । प्रहरीले विष्फोट गराउनेको खोजी भइरहेको र घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।

गएराति प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास नजिक र ललितपुरको कुपण्डोलस्थित युएन पार्कमा पनि बम विष्फोट भएको थियो ।

प्रकाशित मितिः शनिबार, मंसिर १६, २०७४     3:43:04 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *