लुटिएको अस्तित्व

आफ्नो जिन्दगी आफ्नो रहेन, समय मेरो वशमा छैन । जिन्दगीमा मेरो सहारा लुटिँदै गएको छ । कहिले आफ्नाले लुट्छन् त कहिले पराईले लुट्छन् । जब आफैबाट छुटिन्छ आफ्नै सहारा अनि जिन्दगी जिन्दगीजस्तो नि लाग्दोरहेनछ । मलाई थाहा छ जीबन सुख दुःख अनि आँशु हाँसोको संगम हो जहाँ हामी कहिले फुलहरुसँग रमाउँछौँ त कहिले काँडहरुको बिचमा मुस्कुराएको गुलाबजसरी हामी पनि पिडा लुकाएर हाँस्ने प्रयास गरेका हुन्छौँ । कास मेरो जिन्दगी सुमधुर भईदिए कास मेरो साथमा मेरो जीबनको सहयात्री भईदिए म पनि हाँस्ने थिएँ होला र बाँच्ने थिएँ होला ।
छोडेर गईसकेपछि पनि उसका यादहरुले यो मनको अदालत ढकढक्याईरहन्छन् अनि दाबी गर्न थाल्छन् कि म तिम्रैै दिलहरुभित्र बस्छु । जब अतित दिलभित्र बस्छ अनि यादहरु आँशु बनेर आँखाबाट खस्न थाल्छन् । रुवाई बनेर निस्किन थाल्छन् । म भक्कानिएर रुन्छु कहिले त लाग्छ डाकै छोडेर रोउँ कि जस्तो । सम्बन्ध भनेको सायद विश्वास र मायामा अडेको हुनुपर्छ भनेर मैले बुझेकी थिएँ तर कोही मानिस यस्ता हुँदा रहेछन् झुटको जाल बुनेर सम्बन्धलाई अघि बढाउन खोज्ने ।
म हाँस्न पनि सक्दिन बाँच्न पनि सक्दिन, सक्छु त तिम्रा यादहरुलाई दिलभित्र बसालेर आँखाबाट आँशु बरबरी झार्न सक्छु । अनि सक्छु तिमीसँग फेरी भेट हुने आशमा बाँच्न । म के गरुँ मेरो प्रियतम म कसरी यी मेरा मनका भावनालाई व्यक्त गरुँ र म कसरी तिमीलाई विश्वास दिलाउँ कि तिमीले सोचेजस्तो म गलत थिईन ।
जब अतितले मलाई घच्घच्याउँछ जब याद र अतित मिलेर मलाई रुन बाध्य बनाउँछन् किनकी अतित दिलमा बसेपछि आँशुले पनि यो बस्यो भने म खस्छु भनिदिन्छ । तिमीलाई थाहा छैन मेरो प्रिय भनेका मेरा आँशु हुन् जो सधैँ खसीरहन्छन् पानी बनेर तर धेरै कहानी बोकेर ।
तिमीलाई याद छ होला तिमी आफैले मलाई भनेका थियौ कि संसारलाई शान्त बनाउनु छ भने विश्वास र माया हुनुपर्छ सम्बन्धमा तर खै त तिम्रो माया र विश्वास कहाँ गयो । म भन्दिन तिमीलाई कि मलाई माया गर अनि मसँगै जिन्दगी बिताउ तर यत्ति भन्छु अहिले छोड्नु थियो भने रोएर साथ किन माग्यौ ।
किन बारम्बार मेरो कठोर मनलाई तिमीले मेरो अगाडि रोएर पगाल्ने प्रयास ग¥यौ किन मसँग तिमीले जिन्दगीभरीको साथ माग्यौ अहिले छोडेर जाने भए । कति माया गर्छौ भनि सोध्दा हनुमान भईदिएको भए छाती चिरेर देखाईदिन्थे मान्छे आज त तिमी मदेखि नै भाग्यौ । भो पर्दैन तिमीले मलाई छाती चिरेर विश्वास दिलाउन, अनि पर्दैन तिमीले मलाई दुनियाँभरीका आश देखाएर मसँग झुटो रिश्ता निभाउन । हुनत तिमी छाती चिरेर मप्रतिको माया देखाउनुभन्दा नै अगाडि टाढा भईसकेका छौ । तिमीसँग मेरो गुनासो केही छैन तर मात्र एउटा कुरा सोध्नुछ तिमीलाई कि मैले के कुरामा गल्ती गरेकी थिएँ र तिमी टाढा भयौ ।
तिमीसँग हुँदा र तिमीलाई माया गर्न मैले के कुरामा कमी गरेकी थिएँर तिमी टाढिएर गयौ अनायासै । कसरी तिमीले मलाई लत्याउन सक्यौ । मात्र एकपटक भन्देउन मेरो प्रियतम कि तिमी किन एक्कासी मलाई लत्याएर गयौ बिनाकारण । किन तिमीले मलाई यति ठुलो सजायँ दिईरहेका छौ तिमीबिना बाँच्नुपर्ने । यसरी मलाई त्यागेर जानु नै थियो भने मलाई मसँग किन रोएर साथ माग्यौ किन जिन्दगीभरी साथ दिन्छु भनेर मलाई झुटो आश दिलाएर गयौ ??
थाहा छ, आज तिम्रो कारण मैले मेरो जिन्दगी रोएर बाँच्नुपरेको छ । हेर्दा खुसी देखिन्छु तर मरेर बाँचेकी छु । आज तिम्रै कारण म समाजबाट अपहेलित भएकी छु । तिमीले रोएर मागेको साथले मेरो जिन्दगी बर्बाद गरिदियो र आज तिम्रै कारण यति लामो कथा लेख्न बाध्य भएकी छु । तिमीले मलाई दिएका पिडाकै कारणले गर्दा यो अतितको डायरीको पानाहरु अक्षरुपी पिडाले भरिएका छन् । मलाई थाहा छैन तिमीले अहिले यो कथा सुन्दै छौ या छैनौँ तरपनि मैले तिमीबिना म कसरी बाँचेकी छु भन्ने जानकारी तिमीलाई गराउनको लागि नै यो कथा लेख्दैछु । हुन सक्छ कतै तनाब तिमीलाइर्, अनि देख्न सक्दैनौ होला मेरो पिडा अथवा वनावटी हुन् भनेर वेवास्ता पनि गर्न सक्छौ तर तिमी यो कथा पढ या नपढ मलाई केही छैन तर तिमीले सुन्नेछौ यो पनि थाहा छ मलाई । तिमीलाई कसैले सुनाउनेछ यो कथा तिमीसम्म पक्कैपनि कसैले पु¥याउनेछ । तिमीले रोएर मागेको खुसीले आज मलाई जिन्दगीभरी आँशु र पिडा मात्रै दिएको छ । तिम्रो एकपलको खुसीको लागि मैले मेरो हरपल गुमाएकी छु हरपल,,,मेरो पलभरको जिन्दगी…….
म लेख्छु मेरो प्रियतम तिमीसँग मैले सुरु गरेको सम्बन्धको कथा र तिमीसँग मैले व्यतित गरेका प्रत्येक तिता मिठा पलहरु । तिमीलाई मैले बाटोमा भेटेको बटुवा भन्न रुचाउँछु किनकी तिमीले त मलाई आधाबाटोमै छोडेर गएका थियौ नि त्यसैले । तिमीसँग मेरो कुनै साईनो थिएन तिमी मेरा लागि अजनवी थियौ । जिन्दगीको यात्रामा भेटिएका बटुवा तिमी बिनाकारण टाढिएको कथा छ मसँग । तिमीले झुटो नै सही मलाई माया गरेको कथा छ मसँग । तिमीले आफ्नो पलभरको चाहाना मेटाउनको लागि मेरो हरपल लुटेको कथा छ मसँग । सुर्खेतको कुनाथरीबाट शुरु भएको थियो मेरो कथा । म त्यहीँ जन्मिएँ त्यहीँ हुर्किएँ कक्षा १० सम्मको पढाई मेरो त्यहीँ नै भयो त्यसपछिको पढाईको लागि म सुर्खेतको वीरेन्द्रनगर आएँ र मेरो बाँकी पढाईलाई निरन्तरता दिन थाले । जन उच्च माध्यमिक विद्यालय वीरेन्द्रनगर सुर्खेतमा मैले कक्षा एघारमा पढ्दा तिमीसँग भेट भएको थियो मेरो । त्यतिबेला तिमीसँग मेरो सम्बन्ध अजनवी जस्तै थियो । कहिलेकाहिँ साथीको नाताले मात्रै तिमीसँग बोलचाल हुने गथ्र्यो मेरो । कक्षा एघार सम्म हुने बेलासम्म तिमीसँग बोलचाल मेरो धेरै कम हुन्थ्यो । त्यसपछि हामी कक्षा एघारको परिक्षा सकेर बिदामा घर गयौैँ हामी सबैजना । म कुनाथरी गएँ घर । त्यतिबेला म खाली नै बसेकी थिएँ । त्यही समयमा तिमीले मलाई फोन गरेका थियौँ मेरो मोबाईलमा । मैले तिम्रो नामसमेत थाहा पाएकी थिईन । त्यही बेला तिमीले फोन गरेर मलाई भनेका थियौ कि म तिमीसँग पढ्ने साथी बिमल हो भनेर । मैले को बिमल भनेर सोध्दा तिमी बेस्सरी हाँसेका थियौ । अनि भन्दै थियौ म तिमीसँग एकपटक बेन्चमा बस्नको लागि झगडा गरेको थिएँ नि, तिमी त कत्ति लाटी हो के अँझै पनि चिन्न सकिनौ ?? मैले केहीबेरपछि तिमीलाई चिनेँ अनि मैले तिमीलाई भनेको थिएँ ए,,अँ अँ चिने रमेशहरुसँग बस्ने केटा हौ तिमी हैन ?
हो, यस्तै कुराहरुबाट शुरु भएको थियो बिमल र मेरो प्रेम कथा । त्यो बिचमा उसले मलाई दिनदिनै फोन गथ्र्यो । कुरा सामान्य नै हुन्थे । केही दिनपछि हाम्रो कक्षा बाह्रको पढाई पनि शुरु भयो । त्यसपछि म फेरी विद्यालय फर्किएँ । अनि फेरी हाम्रो पढाई शुरु भएसँगै बिमलसँग पनि मेरो दुरी घट्दै गयो । हाम्रो भेट कलेजमा मात्र नभएर अन्य ठाउँमा पनि भेटघाट बढ्यो । हामी कलेजभन्दा बाहिर पनि घुम्न जाने बारम्बार भेट गर्ने गथ्र्यौँ । त्यतिबेलाको भेट हाम्रो एक्लै हुने थिएन हामी सामुहिक रुपमा सबै साथीहरु भेट्ने गथ्यौँ । पढाई पनि निरन्तर चलिरहेको थियो । त्यही बिचमा कक्षा ११ को रिजल्ट पनि आयो म पनि पास भए र बिमल अनि अन्य धेरै साथीहरु पनि पास भए । फेरी केही समयपछि कक्षा बाह्रको परिक्षा पनि आयो । राम्रोसँग तयारी गरेर हामीले परिक्षा दियौँ र परिक्षा सकेर हामी घर गयौँ सबैजना साथीहरु । त्यतिबेला हामीले अब पास भएपछि कसले के पढ्ने भनेर सल्लाह पनि ग¥यौँ । बिमल, म, रमेश अनि सरिता केही दिन घर बसेर फेरी यतै आएर कम्प्युटर अथवा ल्याङ्ग्वयज पढ्ने सल्लाह गरेर छुट्टियौँ ।
म घर गएपछि फेरि बिमलले मलाई फोन गर्न थाल्यो । हाम्रो प्राय फोनमा कुराकानी भईरहन्थ्यो । केही समयपछि बिमलले मसँग अलि भावनात्मक कुरा पनि गर्न थालेको थियो । तिमी अब कहिले बजार फर्किने हो भनन तिम्रो याद ्आछ के मलाई छिटो आउ है । बिमलले यस्तो भन्दा मैले अन्कनाएझैँ गरी धेरै नाटक नगर है भनेर उनलाई झपार्थेँ । अनि फेरी उनले पनि हाँसेरै टाथ्र्यो । केही समय घरमा बसेर म फेरी बजार नै फर्किएँ र कम्प्युटर पढ्न थालेँ । मसँग बिमल रमेश र सरिता पनि पढ्थे । बिमल मलाई सधैँ जिस्काउँथे अनि त्यही माथि रमेश र सरिताले पनि मलाई जिस्काउनमा साथ दिन्थे । सरिताले सधैँ भन्ने गर्थी तँलाई बिमलले मन पराउँछ कि जस्तो लाग्छ मलाई । मलाई पनि आफुलाई मनमा त लाग्थ्यो तर मैले बाहिर अँ होला खुबै भनेर टार्थेँ ।
त्यसपछिका दिनहरु हम्रो रमाईलै बित्दै थिए । बिमललाई मैले पनि धेरै राम्रो मान्थे तर व्यक्त भने केही गर्दैनथे । परिक्षा दिएको चार महिना पछि हाम्रो रिजल्ट पनि आयो बिमल, म, सरीता र रमेश चारैजना पास भयौँ । अब जनमाविबाट छुट्टिएर हामी शिक्षा क्यापसमा पढ्््न थाल्यौँ । हामी चार जनाले नै त्यहीँ पढ्यौँ ।
त्यसक्रममा बिमलको र मेरो सम्बध अलि नजिकिँदै गएको थियो । त्यतिबेला हामी दुईजना मात्रै एक्लै भेट गर्ने गथ्र्यौँ । कहिले हामी घण्टाघर पार्क कहिले खुलामञ्च त कहिले बुलबुलेमा हामी भेट गर्ने गथ्र्यौँ । उसको र मेरो बिचमा केही व्यक्त नगरेरै एकअर्काको भावना बुझ्ने भईसकेका थियौँ । बिहानको पढाई अनि दिउँसो सँगै बसेर पढ्ने भनेर बिमल मेरै कोठामा आउने गथ्र्यो । हामी सँगै छलफल गरेर अध्ययन गर्ने गथ्र्यौँ । जिन्दगीको नयाँ मोडमा मलाई छोडेको थियो नियतिले । बिमलले मलाई आफुले मन पराउँछु भन्ने कुरा ग¥यो,, शुरुमा त मैले बिमललाई तिमी र म बिच साथीको मात्रै नाता हो हामी यसरी सँगै जिन्दगी जिउने बारे त मैले सोचको पनि छैन भनेँ ।
त्यसपछि बिमल धेरै रोयो मेरो अगाडि, उसले भन्दै थियो प्लीज मनीसा नाई नभन मैले तिमीलाई कक्षा एघारमा पढ्दा देखि नै मन पराउन थालेको हूँ तर हाम्रो पढाईमा केही प्रभाव पर्ला भनेर मात्रै मैले नभनेको हुँ । मनीषा म तिमीलाई कहिल्यै धोका दिनेछैन, मेरो घरमा पनि तिमीलाई त्यस्तो दुःख हुनेछैन मेरो बुवा हुनुहुन्न आमा निकै बुढी भईसक्नुभयो । अब उहाँलाई एउटी राम्री बुहारीको खाँचो छ । त्यसैले मनिषा म तिम्रो अगाडि भीख माग्छु मलाई जिन्दगीभरीको साथ देउ म तिमीलाई हरेक सुख दुःखमा साथ दिनेछु ।
कहिले पनि केही गुनासो गर्ने ठाउँ छोड्नेछैन । साँच्ची मेरी आमाको कसम म तिमीलाई धोका दिनेछैन । म तिमीलाई अहिले नै बिहे गर पनि भन्दिन केही वर्षपछि गर्दा पनि हुन्छ पढाई सकेर तर नाई नभन प्लीज मनिषा नाई नभन । म तिमीलाई खुसी पार्नको लागि त्यो आकाशको जुन झार्छु पनि भन्दिन तर साथ दिनेछु ।
गीत (जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन म)
बिमलको त्यो रुवाईले मलाई पनि रोक्न सकेन मैले नाईँ भन्न सकेन । उ बेस्सरी रुँदै थियो मैले पनि उसलाई सान्त्वना दिँदै अंगालोमा बेरेँ अनि साथ दिन्छु म तिमीलाई भनेँ, मैले पनि तिमीलाई मन पराउँथे तर नभनेको मात्रै हो । डर लाग्थ्यो मलाई सम्बन्ध जोड्नदेखि कतै छोडेर जान्छौ कि भनेर । मैले नभनेको कारण यत्ति मात्रै हो नत्र म पनि तिमीलाई आफुभन्दा पनि धेरै माया गर्छु । मलाई पनि तिमीसँगै जिन्दगी बिताउन मन छ । हामी दुईको प्रेमव्यक्त गर्ने काम रुवावासीमै भयो । मैले पनि हुन्छ भनेपछि बिमल अलि खुसी भएको थियो । त्यसपछि उ फेरी पहिलाको पाराले मलाई जिस्काउन थाल्यो । के हो मैयाँ घुसघुस तालले अर्कालाई माया गरिँदो रहेछ त हमममम?? त्यसै रुवाईदिने मलाई ?? अनि मैले थोरै हाँसेर भनेँ मलाई एकदमै डर लाग्छ बिमल कतै तिमी मलाई छोडेर त जाँदैनौ नि है ।
वय लाटी के कुरा गरेको यस्तो के म तिमीलाई छोडेर जान कहाँ सकुँला र तिमी विश्वास गर मलाई म तिमीलाई कहिल्यै रुवाउने छैन । हामी दुईको सम्बन्ध अब सुमधुर बन्यो । एकअर्काको विश्वासले हाम्रो सम्बन्ध अगाडि बढेको थियो । हामी आफ्नो सम्बन्धसँग सँगै पढाईलाई पनि अगाडि बढाएका थियौँ । स्नातक तहको दोश्रो वर्षमा अध्ययन गर्ने क्रममा थियौँ हामी । एकदिन बिमल मेरो कोठामा आएका थिए । त्यसदिन मलाई अलि सन्चो थिएन अनि मेरो मोबाईल पनि अफ भएकोले बिमल मलाई भेट्न कोठामा नै आएको थियो । म सुतिराखेको थिएँ बिमल आएर ढोका ढकढक्याएपछि म उठेँ र ढोका खोलेँ । बिमलले आत्तिएर के भयो तिमीलाई आज क्याम्पस पनि गईनौँ अनि मोबाईल पनि अफ छ के भो र कि सन्चो छैन तिमीलाई ??
अनि मैले अलि सन्चो नभएर हो, त्यति धेरै त केही होईन अलिअलि टाउको दुखेको हो । धेरै चिन्ता नलेउ त्यस्तो केही भाको छैन । आउ न भित्र बस । अनि उसले मलाई केही खाना पकाएर खायौ भनेर सोधे मैले खाको छैन भनेपछि बिमल खाना पकाउन थाल्यो । मैल म आफै पकाउँछु भनेको मान्दै मानेन । मलाई बस्न लगाएर आफुले खाना पकायो र हामी दुबै बसेर खाना खायौँ त्यसपछि मैले औषधी खाएँ । मलाई अलिकति सन्चो भएको महसुस भयो सायद माया गर्ने मान्छे सँगै भएकोले होला । त्यो रात उ मसँगै बस्यो । त्यो रात हामी दुई धेरै नजिक भयौँ यति नजिक की मैले बिमललाई मेरो अस्तित्व सबै सुम्पिएँ । उसले मलाई केही हुन्छ कि भन्दा केही भईहाल्यो भने म छु भनेर आश देखायो मलाई पनि विश्वास लाग्यो विमलले मलाई साथ दिन्छ होला भन्ने । मैले जिन्दगी सुम्पिएँ उसलाई मेरो सारा जिन्दगी….।। त्यसपछिका दिनहरु पनि रमाईलै बितिरहेका थिएँ । कहिले देउती बज्यै मन्दिर कहिले काँक्रेविहार हामी दुईले वाचा कसम खाने मुख्य स्थल भएको थियो । मलाई त्यो महिना महिनावारी भएन, मैले सोचे पहिलाको जस्तै रोकिएको होला । फेरी अर्को महिना पनि भएन मलाई मनमा अलि अलि डर लाग्न थाल्यो करिब ढाई महिना बितिसकेको थियो । त्यसपछि मलाई अलि धेरै डर लाग्यो र मैले बिमललाई फोन गरेर यो कुरा बताएँ उसले म एकछिनमा कोठामा आउँछु है भनेर फोन काट्यो । म उ आउँछ भनेर कुरेर बसेँ तर उ आएन । मैले फेरी फोन गरेँ फोन स्वीच अफ थियो । एउटा डरमाथि अर्को डर थपियो । त्यही डरलाई मनमा राखेर म चेक गराउन एक्ले मेरी स्टोप गएँ । थाहा भयो, पेटमा बिमलको र मेरो मायाको चिनो रहेछ । म के गरुँ बिहे गरुँ भने पनि दुई महिना भन्दा बढी भईसक्यो नगरौँ भने यो मेरो मायाको चिनो हो ।
केही उपाय निस्किएन । त्यतिबेला मैले के निर्णय लिँदा सही हुन्छ कसैले साथ दिएन । कसलाई सुनाउने मैले यो कुरा म संकटमा परेँ । बिमलको फाने अफ नै थियो । न उ आयो न केही सन्देश आयो । बिमलले मलाई जिन्दगीको सबैभन्दा ठुलो संकटको बेला साथ छोडेर गयो । अब उसको आश नै गर्न छाडेँ मैले र अन्त्यमा एभोर्सन गराउने कुरा भयो ।
जिन्दगीमा कहिल्यै नगरेको काम कत्तिको गाह्रो हुन्छ भनेर त्यहाँ सोध्दा धेरै हुँदैन भने र मलाई एउटा कोठामा लगेर गए । तीन जना महिला थिए कसैले मेरो टाउको समातेका थिए त कसैले हात र एक जनाले मेसीनको प्रयोगले त्यो मेरो पेटमा भएको भ्रुण निकाल्ने प्रयासमा थिईन् । यसपछिको शारिरीक पिडा मैले कसरी सहेँ भनेर त सायद म भन्न सक्दिन । हलचल गर्ने अवस्थामा थिएन । यति गाह्रो हुन्छ भन्ने मैले कल्पनासमेत गरेको थिएन । म धेरै आत्तिएँ बोल्ने र मान्छे चिन्न सक्ने अवस्थामा थिएन म । त्यहाँका डक्टरहरु मलाई देखेर अचम्म मानिरहेका थिए कि किन यति गाह्रो भयो यो नानीलाई भन्दै कानेखुसी गर्दै थिए । मलाई त्यो समयमा पानी दिने पनि आफ्नो मान्छे कोही थिएन । आफुले आफुलाई धिक्कार्दै थिएँ मैले कि जिन्दगीमा धेरै ठुलो गल्ती गरेछु । गर्नै नहुने मान्छेको विश्वास गरेछु । ठुुलो भुल गरेँ मैले बिमलजस्तो ढुंगे मुटु भएको मान्छेलाई माया गरेर । त्यतिबेला मसँग न पैसा थियो केही पोसीलो खाने कुरा खाउँ भने न कोही आफ्नो मान्छे थियो । घरमा भनुँ भने पनि कसरी भन्ने । भन्ने भनेको त्यही बिमल हो तर उसले त मलाई लत्याईसकेको थियो । म मानसिक र शारिरीक रुपले नै धेरै कमजोर भएँ कोठामा खाना पकाएर खान दिने मान्छे पनि थिएनन् पछि त्यहि एउटी साथी सरीताले साथ दिई । आखिर के पाएँ मैले कसैलाई यति धेरै माया गरेर ?? आखिर के पाएँ मैले तिमीलाई महादेवले कालकोटको विष पिएसरी विश्वास गरेर । बिमल तिमीलाई त मैले कहिँ कतै मायामा कमी गरेका थिएन तर तिमी त यत्तिसम्मको धोकेबाज रहेछौ भन्ने मलाई थाहा थिएन । तिमीले मलाई हरेक दुःखमा साथ दिन्छु भनेर अहिले म जीबन मरणको दोसाँधमा हुँदा कहाँ हरायौ ?? कहाँ गयो त्यो तिम्रो आँशु जुन आँशु तिमीले मेरो साथ माग्दा झारेका थियो । कहाँ गएका थियौ तिमी जब म पानी पानी भनेर चिच्याईरहेकी थिएँ । बिमल हुनत अब मलाई तिम्रो खाँचो छैन किनकी तिमीसँग फेरी साईनो जोडेर म आफ्नो जिन्दगी बर्बाद गर्न चाहान्न । अनि यो पनि सोध्दिन की तिमी किन टाढा भयौ किनकी अब मैले यो प्रश्नको जवाफ जानेर पनि केही गर्न सक्दिन । तिमी त यत्तिसम्मका निच पुरुष रहेछौ है जसले आफ्नो एकछिनको चाहानाको लागि मेरो छिनछिनको खुसी लुट्यौ प्रत्येक पल लुट्यौ । तिम्रो कारणले गर्दा त्यो निर्दोष बच्चा जो मेरो रगतको एउटा डल्ला थियो त्यसको अस्तित्व नै मेटाउनुप¥यो । तिमी त कति घिनलाग्दो मान्छे रहेछौ भन्ने कुृरा त बिमल मैले अहिले थाहा पाउँदै छु । तिमीले आफ्नो कामवासना पुरा गर्न कतिसम्मको नाटक गर्न सक्नेरहेछौ भन्ने कुरा मैले आज आएर बुझेँ । एउटा कुरा थाहा छ तिमीलाई मैले भेटेँ भने केही गुनासो गर्नेछैन मात्र एउटा कुरा माग्नेछु तिमीसँग कि मेरो पहिलाको जस्तै चोखो जिन्दगी फीर्ता गरिदेउ । हुनत तिमी यस्ता कुरा बुझ्दैनौ होला किनकी तिमीलाई त आफ्नो मात्र स्वार्थ छ । एकपटक सोचेनौ तिमीले कि म तिमीबिना कसरी बाँच्थे होला एकपटक पनि विचार गरेनौँ कि तिम्रो अनुपस्थितिमा मेरो जिन्दगी कस्तो हुन्थ्यो होला । तर भो बिमल अब तिमीले यी कुराहरु ीवचार गर्नुपर्दैन किनकी अब म नयाँ जीबन पाएर अघि बढ्दैछु । तिमीले त मेरो एउटा जिन्दगीको अस्तित्व मेटाईदिसकेका छौ । हेर्दै जाउ तिमीलाई एउटा नारीको आँशुले र त्यो निर्दोष बच्चाको आत्माले श्रापदिने छ । हरेक पलमा तिमीलाई मेरो आँशुले भतभति पोल्नेछ । तिमिलाई त धिक्कार छ बिमल धिक्कार छ तिमीलाई नारीको समवेदना नबुझ्ने तिमीजस्ता कप्टी पुरुषलाई कसैले सम्मान गर्दैन कसैले पनि तिमीले गरेको कामलाइ सत्य भन्दैन । तिमीलाई हरेक पाईलामा मेरो आँशुले पोलेर असफलता मिल्नेछ । हरेक पलमा तिमीलाई पश्चातापको पिडाले पोल्नेछ । तिमी रुनेछौ पलपलमा तिम्रो सफलतामा अब असल नारीको साथ तिमीले पाउनेछैनौ । मैले गरेको चोखो मायाको बदला तिमीले मलाई जुन घात गरेका छौनि । सायद यो घात पछि त तिमीलाइृ कोही पनि नारीले विश्वास गर्नेछैन । समाजले तिमीलाई धिक्कार्नेछ । तिमी त कसैको मायाको लायक पनि छैनौ किनकी तिमीले मलाई कसैको लायक छोडेका छैनौ । समाज र मेरो परिवारको अगाडी मलाई चरित्रहिन बनायौ तिमीले । मेरो मायामा खोट देखाएर अन्त्यमा तिमीले छाडेर गयौ है । वा,,धोकेबाज धिक्कार छ तिमीलाई कसैको बिना गल्ती नै यति ठुलो सजाय दिएकोमा । हेर्दै जाउ तिमीलाई मेरा आँशुले कति पोल्नेछन् । म त सुन्दर फुल बनेर तिम्रो अघि खसेको थिएँ तर तिमीले मलाई कुल्चेर गयौ । हेर्दै जाउ मलाई तिमीले जसरी सबैको अगाडि बदनाम गराएका छौ नि हो त्यसै गरी तिमीले पनि सजायँ पाउनेछौँ र त्यो सजायँ तिमीलाई यी मेरा आँशुहरुले दिनेछन् ।…..

प्रकाशित मितिः शनिबार, मंसिर १६, २०७४     4:06:08 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *