च्याउ खेतिबाट मनग्य आम्दानी गर्दै मनसरी

युवराज पंगाली,
सुर्खेत, मंसिर १६ । चर्को घाम तथा कठाङ्ग्रीने चिसोमा खेती किसानी गर्न धेरैलाई मन लाग्दैन । धुलोमैलो भएर खेतबारीको काम गर्न पर्ला भनेर जागिर खोज्दै शहरतिर भौंतारिनेहरु पनि धेरै छन् । तर धुलोमाटो खेलेर जिन्दगी सपार्ने मान्छेहरु गाउँठाउँमा उत्तिकै छन् । बाध्यताले मात्र होइन भित्री मनैदेखि खेतीकिसानीमा जाँगर चलाउनेहरुले मनग्गे आम्दानी गरिरहेका छन् । परिश्रम अनुसारको आम्दानीबाट उनीहरु सन्तुष्ट पनि छन् ।
कुनै समय के खाँउ के लाउँ भन्ने ठुलो चिन्तामा रहनु भएको भेरिगङ्गगा नगरपालीका साविक लेखपराजुल वडा नम्वर ६ कि मनसरा गुरुङ्गलाई अहिले निकै व्यस्त हुनुभएको छ । आज भोली बिहान उठे देखी साझ सम्म मनसरीलाई आफ्नै घरबाट बाहिर निस्कन फुर्सद छैन । कुनैबेलाघर परिवार चलाउनका लागि कहाँ जाउँ भन्दै चिन्ताले पिरोल्ने मनसरी गुरुङ्अहिले घरबाट बाहिर निस्कनको लागिदश पटक सोचेर फुर्सद निकाल्नुपर्ने हुन्छ । जनचेतनाको कमी र आर्थिक अभावकाकारण उचित शिक्षा दिक्षा पाउनबाट बन्चीत हुनु भएकि मनसरीले आजभोलि समाजमा एउटा उधाहरण बन्नु भएको छ ।
मनसरीको जन्मजाजरकोटको दुर्गम क्षेत्र साल्मागा.वि.स.को एक सामान्य परिवारमा हुर्किनु भएकी मनसरी २०७१ साल फाल्गुको महिना सुर्खेतको लेखपराजुलगा.वि.स.वडा नं.६ समैजीघाटमा बल बहादुर गुरुङ् संग बिहे गर्नु भएको थियो । एस.एल.सी.पास गरेकी मनसरीका एकछोरीसहित४ जनाको परिवार रहेको छ ।  ३ रोपनी पाखो जग्गा मात्र भएको उहाँको जग्गामा पहिले सामान्य खाद्ययान्न उत्पादन मात्र हुने गर्दथ्यो उक्तजग्गा बाट उत्पादनभएको खाद्यान्नले करिव ५ महिनामात्रखानपुग्ने भएकोले उहाँका श्रीमान घरको खर्च टार्नकालागि भारतमा मजदुरी गर्न जानु भएको छ ।
आफ्नो आम्दानीको श्रोत पनि केहि नभएको र श्रीमानको मात्रकमाईले घरको खर्च चलाउनउनको परिवारलाई निकै गाह्रो परेको कुरा मनसरीले बताउनु भयो ।  यसै क्रममाविसं २०७२ चैत्र २८ मा कृषि, स्वास्थ्यतथा बैकल्पिकजीविकोपार्जन प्रवद्र्धन (पहल) लेखपराजुलमा संचालनभएको र उक्त कार्यक्रमअन्तरगत समैजीघाट टोलमा पनि लालिगुरास कृषि समुहनिर्माण भयो र उक्त समुहमा मनसरी पनि सदस्य पदमा बस्नु भयो । उक्त समुहमा बसे पनि आफ्नो आर्थिक अवस्था कमजोर भएकै कारणले गर्दा मनसरि के गर्ने भन्ने कुरामा अन्यौलमा पर्नु भयएको थियो ।
यसै विच मापहलकार्यक्रमले ५ दिने च्याउ खेति सम्बन्धितालिम संचालनगर्न लागेको सुचना पहलकार्यक्रमका सामाजिक परिचालक बाट थाहापाएको र तालिम लिनका लागी आफुले आवेदन दियर तालिमको लागि छनौट भएको कुरा मनसरीले बताउनु भयो । वीरेन्द्रनगरमापहलले आयोजना गरेको ५ दिने च्याउ खेति सम्बन्धितालिमलिए पछि मनसरीले शुरुमा ३ हजारको लगानीमा १५ वटा च्याउका डल्ला हालेको र त्यसबाट २५ किलोग्रामच्याउउत्पादन गरी रु.७ हजार ५ सय आम्दानीगर्न सफलभएको कुरा मनसरीले बताउनु भयो ।
तालीममा सिकेका कुरालाई व्यावहारमा लागर गर्ने क्रmमा उहाँले १०० वटा च्याउका डल्ला थपेर ब्यवसायविस्तार गर्नु भएको छ । यस बाट कमाएको पैसाले च्याउउत्पादनगर्न आवश्यक पर्ने सामग्रीहरु जोहो गरेर ब्यावसायीक रुपमाच्याउ खेतिगर्ने सोच बनाएको मनरीले बताउनु भयो ।

प्रकाशित मितिः शनिबार, मंसिर १६, २०७४     8:37:32 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *