घृणा होइन, प्रोत्साहन खाँचो

कालीकोट, मंसिर १७ । एचआइभी संक्रमितलाई विभेद र घृणा नगरी माया र प्रोत्साहनको खाँचो भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । शनिबार मान्ममा आयोजना गरिएको एचआईभी संक्रमितलाई पक्षपात र भेदभाव विरुद्धको सामुहिक कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
एचआइभी एड्स महासंघ शाखा कालीकोटले आयोजनामा भएको कार्यक्रममा एचआइभी संक्रमितहरुले आफुहरुलाई दुव्र्यवहार र घृणा गर्ने गरेको भन्दै दुख पोखेका छन् । उनीहरुले आफुहरुले समाजको माया र होसला पाए जीवन जीउने प्रेरणा मिल्ने भन्दै सहयोग गर्न आग्रह समेत गरेका छन् । कालीबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक दीपक शाही, महिला स्वास्थ्य स्वयम् सेविका तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः आइतवार, मंसिर १७, २०७४     3:02:07 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *