एचआइभी संक्रमितको मृत्युदर घट्दै

कैलाली । कैलालीमा पछिल्लो समय एचआइभी संक्रमणमा कमी आउनुका साथै संक्रमितहरूको मृत्युदर घट्दै गएको अध्ययनले देखाएको छ ।

समाज तथा परिवारमा एचआइभी एड्सबारे सचेतना वृद्धि भएको तथा संक्रमतिले नियमित रूपमा एआरटी औषधिको सेवन गर्ने क्रम बढेपछि एचआइभी÷एड्स संक्रमण र संक्रमितहरूको मृत्युदरमा कमी आइरहेको तथ्यांकमा उल्लेख छ । जिल्ला एड्स हेल्थ फाउण्डेशनको तथ्यांकअनुसार कैलालीमा पछिल्ला वर्षहरूमामा क्रमिक रूपमा एचआइभी एड्स संक्रमणमा कमी आइरहेको छ ।

आर्थिक वर्ष २०७२÷७३ एचआइभी एड्सबाट मृत्यु हुनेको संख्या ४० जना रहेकोमा गत आर्थिक वर्ष २०७३÷७४ मा त्यो संख्या घटेर २० जनामा सिमित भएको थियो । चालु आर्थिक वर्ष २०७४÷७५ को कार्तिक महिनासम्म कैलालीमा एचआइभी एड्सका कारण १० जनाको मृत्यु भएको एड्स हेल्थ केयर फाउण्डेशन माधव पन्तले बताए ।

कैलालीको सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालमा एआरटी सेन्टर सञ्चालित छन् । जिल्लामा सन् २००६ देखि हालसम्म एचआइभी उपचार सेवामा दर्ता भएका तीन हजार चार सय तीन जनामध्ये दुई सय ६० जनाको मृत्यु भएको छ ।

सन् २००६ देखि चालु आर्थिक वर्षको कात्तिक महिनासम्म एक हजार पा“च सय ३४ महिला, एक हजार चार सय ८५ पुरुष, तीन सय ७४ बालबालिका र १० जना तेस्रोलिंगीसहित तीन हजार चार सय तीनजना संक्रमित छन् ।

सो अवधिमा एक हजार एक सय दुई पुरुष, एक हजार ४९ महिला, दुई सय १४ बालबालिका र ६ जना तेस्रोलिंगी गरी दुई हजार तीन सय ७१ जनाले एआरटी उपचार सेवाका लागि दर्ता गरेकोमा चार सय २९ पुरुष, ६ सय नौ महिला, एक सय २० बालबालिका र ६ जना तेस्रोलिंगी गरी एक हजार एक सय ६६ जनाले एआरटी सेवा लिइरहेका थिए । तर हाल कैलालीमा हाल चार सय ५१ पुरुष, ६ सय २६ महिला, एक सय आठ बालबालिका र चार तेस्रोलिंगी गरि एक हजार एक सय ८९ जनाले एआरटी सेवा लिइरहेको जनाइएको छ ।

अन्यले विभिन्न ठाउ“बाट औषधि लिइरहेको फाउन्डेसनमा तथ्यांक छ । जिल्लामा सञ्चालित एआरटी सेन्टरमा कैलालीसहित कञ्चनपुर, डोटी, बर्दिया, डडेलधुरा, दार्चुला, बझाङ, दैलेख, सुर्खेतलगायत जिल्लाका साथै सीमावर्ती भारतका संक्रमितलेसमेत एआरटी औषधि सेवन गरिरहेका छन् ।

सेती अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कपिल गौतमले एचआइभी एड्सबारे गाउ“गाउ“सम्म जानकारी व्यापक गर्न सकिएमा संक्रमितको संख्या अझ बम गर्न सकिने बताए ।

पछिल्लो तथ्यांकअनुसार देशभर नै एचआइभी एड्स संक्रमणको अवस्था कम हु“दै गइरहेको छ । अहिले देशभर ३२ हजार सात सय ३५ एचआइभी संक्रमित रहेको अनुमान गरिएको भएपनि ३० हजार दुई सय संक्रमित मात्रै दर्ता भएका छन् ।

यसैबीच, शुक्रबार ३० औं विश्व एड्स दिवसको अवसरमा धनगढीमा विभिन्न संघसंस्थाको आयोजनामा प्रभातफेरी गरिएको छ । ट्राफिक चौराहादेखि सुरु भएको प्रभातफेरी धनगढी बजार परिक्रमा गरिएको थियो । त्यस्तै, हाजिरीजवाफ प्रतियोगिता, विरामीलाई फलफूल वितरण, सूचना सन्देश प्रसारण, कण्डम वितरण र निःशुल्क एचआइभी परिक्षण र परामर्शलगायत कार्यक्रमसमेत गरिएको छ ।

प्रकाशित मितिः आइतवार, मंसिर १७, २०७४     3:12:53 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *