तीलागुफा २ र ४ देशकै पहिलो बालमैत्री वडा घोषणा

कालीकोट मंसिर १९ । तीलागुफा नगरपालिका वडा नम्बर २ र ४ मुुलुककै पहिलो बालमै त्री स् थानीय शासन वडा घो षणा गरि एको  छ । मुलुकको संघीय संरचना पछिको यि दुई वडा देशकै पहिलो बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको हो । जिल्ला समन्वय समतिका संयोजक अनिपाल शाहीले एक कार्यक्रमकाबीच तीलागुफा २ र ४ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरेका हुन् ।
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यान्वयन कार्यविधि २०६८ र बालमैत्री स्थानीय निकाय घोषणा कार्यविधी २०७० ले निर्दिष्ट गरेका सूचक र मापदण्डहरु पूरा गरेकाले तिलागुफा नगरपालिकाको वडा नं. २ र ३ लाई बालमैत्री घोषणा गरिएको हो । सरकारले २०६८ असार २१ गतेको मन्त्रिपरिषद्बाट निर्णय गरी बाल बचाउमा १०, बाल संरक्षणमा पाँच, बाल विकासमा ६, बाल सहभागितामा ६ र संस्थागत विकासमा १२ गरी ३९ वटा सूचक पूरा गरेमात्र गाउँ विकास समिति, नगरपालिका वा जिल्ला विकास समिति बालमैत्री भएको घोषणा गर्ने प्रावधानलाई पारित गरेको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कालीकोटका प्रमूख अनिपाल शाहीले मुलुकमा राजनीतिक परिवर्तन सकिएकाले अब सामाजिक न्यायसहितको आर्थिक परिवर्तन जरुरी भएको बताए । उनले बालबालिका भविष्यका कर्णधार मात्र नभई उनीहरु वर्तमानका साझेदार पनि भएकाले हरेक गतिविधीमा बालबालिकाको सहभागिता जरुरी भएको बताए । ‘बालबालिकाका लागि हामी जस्तो वातावरण दिएर हुर्काउछौ, त्यसको प्रभाव भोलीको समाजमा पर्दछ’ उनले भने, ‘त्यसैले हाम्रो समाजका सबै गतिविधीहरु बालमैत्री हुन जरुरी छ ।’
खाँडाचक्र नगरपालिकाका नगर प्रमूख जसीप्रसाद पाण्डेले बाल अधिकार, बाल संरक्षण आजको आवश्यकता भएको बताए । बालबालिका भविष्यका कर्णधार  भनिए पनि हर े क विकास निर्माणका काममा सहभागी नगर ाइनुले  भविष्यमा जानकार  नहुने  भन्दै  वर्तमानका साझे दार  सम्झे र  बालबालिकालाई विकास निर्माण तथा हर े क यो जना तर्जुमा गर्दा सहभागी गर ाउनु पनेर् मा जो ड दिए ।
तिलागुफा नगरपालिकाका नगर प्रमूख रतनबहादुर शाहीले तिला गुफानगरपालिकाका दुइ वटा वडा बालमैत्री शासन अवलम्वन गर्ने घोषणा गरिए पछि यो कतै काजमा मात्र सिमित हुने हो कि भन्ने चिन्ता लागेको बताए । संघीय संरचना पछिको मुलुककै पहिलो बालमैत्री स्थानीय शासन वडा घोषणाले आफुलाई उत्साहित बनाएको उनको भनाई छ । उनले नगरमा निर्माण नबने भौतिक संरचनाहरु बालमैत्री बनाउने र नगरपालिकालाई नै बालमैत्री स्थानीय शासन अवलम्बन गरेको स्थानीय तहको रुपमा लैजाने प्रतिबद्धता समेत उनले जनाएका छन् ।
प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बालमैत्री स्थानीय शासन अवलम्बनको घोषणाले कालीकोटको नाम चिनाउन सफल भए पनि यसलाई जोगाउन चुनौतीपूर्ण रहेको बताए । उनले स्थानीय तहले बनाउने नीति निर्माण तथा अन्य गतिविधीमा पनि बालबालिकाको सहभागिता बढाउनु पर्नेमा जोड दिए । तिलागुफा नगरपालिकाका २ वटा वडा बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने वडाको रुपमा घोषणा हुँदा कालीकोटका अन्य क्षेत्रका बालबालिकाहरु श्रम गर्न बाध्य हुनु, उनीहरुका लागि आवश्यक स्वास्थ्य, शिक्षा र मनोरञ्जन लगायतका अधिकारबाट बञ्चित भए बालमैत्री स्थानीय शासन अवलम्बनको सार्थकता नहुने भन्दै यसप्रति सबै क्षेत्र चनाखो बन्नु पर्ने बताए ।
बालबालिकाहरुलाई स्थानीय तहको नीति निर्माण र योजना तर्जुमा गर्दा सहभागिता नबनु पर्ने र अनुगमन र मुल्याङ्कनमा समेत बाल सहभागिता जरुरी छ । बालविवाहको अन्त्य र अन्य बाल हिंसाका घटनाले हामीलाई यो घोषणा कार्यान्वयन गर्न चुनौती थपिएको छ । भौतिक पूर्वाधार बालमैत्री बनाउनु पर्ने तथा बालमैत्री स्थानीय शासन वडा घोषणा नबनु महत्वपूर्ण उपलब्धी भएपनि यसलाई जोगाउनु अर्को चुनौती भएको उनको भनाई छ ।
तिलागुफा नगरपालिका वडा नं. ४ का अध्यक्ष खडकबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा आरआर एनका जिल्ला संयोजक लिलाराज न्यौपाने, जिल्ला बालकल्याण समिति कालीकोटका कार्यवहाक अध्यक्ष लालबहादुर मल्ल, सेभ द चिल्ड्रेनका कालीकोट जिल्ला संयोजक विजय विश्वकर्मा, नेमकिपाका ऐनबहादुर शाहीलगायतले बालमेत्री स्थानीय तहबाट सुन्दर भविष्यको कल्पना गर्न सकिने बताए ।
नेपालको कुल जनसंख्यामा १८ वर्ष मुनिका बालबालिकाको अंश ४८ प्रतिशत रहेको छ । बाल विकासमा राज्यले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा विभिन्न प्रतिवद्धता व्यक्त गरेको छ । बालहितको लागि विभिन्न नीतिगत, संस्थागत र प्रक्रियागत प्रयासहरू गरी बालबालिका सम्बन्धी सवाललाई सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर १९, २०७४     3:37:02 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *