भारत र चीनसँग सीमा जोडिएका सबै नाका बन्द

काठमाडौं,  मंसिर १९ ।  सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भारत र चीनसँग सीमा जोडिएका नाका ७२ घण्टाका लागि बन्द गरिएको छ । गएराती देखि लागू हुनेगरी गृह मन्त्रालयले चीन र भारतसँग सीमा जोडिएका ३९ जिल्लाका नाकाहरु सील गरेको हो ।

मंसिर २१ गते राति १२ बजेपछि सील गरिएका नाका सुचारु हुने गृह मन्त्रालयले जनाएको छ । निर्वाचन आयोगको निर्देशनपछि गृह मन्त्रालयले दुवै देशसँग जोडिएका साना–ठुला भन्सार नाका, चेपप्वाइन्ट बन्द गरिएको हो । यसअघि मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा पनि यी नाका ७२ घण्टका लागि बन्द गरिएको थियो ।

भारतर्फ औपचारिक आर्थिक कारोबार तथा मानव अवतजावत हुने २ दर्जन करिब भन्सार नाका तथा छोटी भन्सार बाहेक ७२ चेकप्वाइनटहरु छन् । त्यसैगरी उत्तरतर्फ ताप्लेजुङदेखि सुदूरपश्चिमको बझाङसम्म १ दर्जन बढी सानाठूला नाका, चेकप्वाइन्ट र भन्सार कार्यालय तथा २ दर्जन सीमा भन्ज्याङ नेपाल–चीन सीमानामा पर्छन् ।

निर्वाचनका बेला सीमा पारीबाट अवाञ्छित गतिविधि हुनसक्ने प्रति पनि सुरक्षा निकायलाई अलर्ट पारिएको गृह मन्त्रालयले जनाएको छ । गृहको निर्देशनपछि चीन र भारसँग सीमा जोडिएका जिल्ला प्रशासन कार्यालय र प्रहरीले काउन्टरपार्टसँग पनि सुरक्षा सतर्कता बढाउन समन्वय जारी राखेको छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर १९, २०७४     3:53:14 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *