महिला स्वास्थ्य स्वयम् सेविका सम्मानित

कालिकोट मंसिर २० । गाउँमा रहेर स्वास्थ्य सचेतना र स्वास्थ्य सेवामा काम गर्दै आएका कालीकोटका ३ जना महिला स्वास्थ्य स्वयम् सेविका सम्मानित भएका छन् । १४ औं राष्ट्रिय महिला स्वास्थ्य स्वंयमसेविका दिवसको अवसरमा खाँडाचक्र नगरपालिकाका ३ जना महिला स्वास्थ्य सेविकाहरु सम्मान गरेको हो ।
‘महिला स्वास्थ्य स्वयम्सेविकाको निस्वार्थ सेवाः स्वस्थ्य समृद्ध राष्ट्र निर्माणमा टेवा’ भन्ने मुल नाराका साथ खाँडाचक्र नगरपालिकाले आयोजना गरेको कार्यक्रममा वडा नं. २ का महिला स्वास्थ्य स्वयम्सेविका लालचन्द्रा पाण्डे, वडा नं. ६ का महिला स्वास्थ्य स्वयमसेविका लक्ष्मीकला आचार्य र वडा नं. ३ का महिला स्वास्थ्य स्वयमसेविका पार्वती शाही सम्मानित भएका हुन् ।
सम्मानित हुने महिला स्वास्थ्य स्वयम् सेविकालाई नगरपालिका स्वास्थ्य प्रमुख सुवाश शर्मा र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले नगद र खादा ओढाएर सम्मान गरेका हुन् । कार्यक्रममा नगरपालिकाका प्रमूख जसीप्रसाद पाण्डेको अध्यक्षता र नगरपालिका स्वास्थ्य प्रमुख सुवास शर्माको प्रमुख आतिथ्यता, नगरपालिका उपप्रमुख बिजया बिष्ट, जिल्ला समन्वय समितिका सदस्य अनन्त बिश्वकर्माको बिषेश आतिथ्यता रहेको थियो ।
महिला स्वास्थ्य स्वयम् सेविका दिवसको अवसरमा मंगलबार दिउँसो मान्म बजारमा ¥याली र डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो ।

प्रकाशित मितिः बुधबार, मंसिर २०, २०७४     6:21:29 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *