शीर्ष र चर्चित नेता : कसले कहाँ भोट हाले ?

काठमाडौँ । दोस्रो चरण अन्तर्गतको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ । निर्वाचन हुने ४५ वटै जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन बिहान सात बजे देखि साँझ पाँच बजे सम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।

शीर्ष र चर्चित नेता : कसले कहाँ भोट हाले ?

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर–१ स्थित असीग्राम उच्चमाविको मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा रहेको मतदान केनद्र बाट मतदान गर्ने छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं ४ को लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्र बाट बिहान ७ बजे मतदान गरेका छन् ।

वन तथा भू संरक्षण मन्त्री बिक्रम पाण्डेले भरतपुर–२७ मेघौलीको श्री जानकी माबीबाट मतदान गरेका छन्

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्रावि केन्द्रबाट मत गर्दै छन् ।

एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामकै सूर्योदय नगरपालिकाको रम्फोक मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

पूर्व सभामुख एवं इलाम क्षेत्र नम्बर २ बाट वाम गठबन्धनका संयुक्त उम्मेदवार सुवास नेम्वाङले इलाम सदरमुकामको बालमन्दिर केन्द्रबाट बिहान ७ बजे मतदान गरेका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका वडा नं २ को सत्यवती मावि केन्द्रबाट मतदान गरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले काठमाडौँ महानगरपालिका वडा नं ३ महाराजगञ्जचोकको भ्याली स्कूल केन्दबाट मतदान गरेका छन् ।

यसैगरी पूर्वगृहमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधिले धनुषाको रामेश्वर माविबाट मतदान गर्नेछन् ।

पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहले महानगरपालिकाको वडा नं १६ पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गरेका छन् ।

कांग्रेसका नेता शेखर कोइरालालले विराटनगर महानगरपालिकाको आदर्श स्कुल मतदान केन्द्रबाट मतदान गरेका छन् ।

कांग्रेसका नेता नवीन्द्रराज जोशीले काठमाडौं महानगरपालिकाको वडा नं १९ ढोकाटोल केन्द्रबाट मतदान गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार तथा कांग्रेस नेता गगनकुमार थापाले महानगरपालिका वडा नं ३० मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले सुनसरीको दुहवी नगरपालिकाबाट मतदान गर्नेछन् ।

एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौँको टोखा नगरपालिका वडा नं ७ धापासीस्थित स्काइलार्क स्कूल केन्द्रबाट मतदमान गर्दै छन् ।

एमालेका उपाध्यक्ष भीम रावलले अछामको साफेबगर नगरपालिका– ६, स्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँमा भोट हालेका छन् ।

यस्तै विवेकशील साझा पार्टीका प्रमुख रविन्द्र मिश्रले ललितपुरको भैसीपाटीबाट मतदान गरेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ८ को त्रिभुवन उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

एमाले उपमहासचिव घनश्याम भुसालले तिलोत्तमा नगरपालिका नगरपालिका ९ मणिग्राबाट मतदान गरेका छन् ।

एमाले नेता बिष्णु पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ बाट मतदान गरेका छन् ।

एमाले सचिव गोकर्ण विष्टले गुल्मीकै इस्मा गाउँपालिकाबाट मतदान गरेका छन् ।

एमाले नेता प्रदीप ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ४ बम्घा निमावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

एमाले नेता शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका ११ बाट मतदान गरेका छन् ।

माओवादी केन्द्रका नेता एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाको अर्घा रजस्थल मावि केन्द्रबाट मतदान गर्दै छन् ।

पूर्वमन्त्री एवं माओवादी केन्द्रकी नेतृ रेखा शर्माले प्युठानको स्वर्गद्वारी क्याम्पस मतदान केन्द्रबाट मतदान गरेकी छन् ।

माओववदी केन्द्रका नेता एवं विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले महोत्तरीको वर्दिवास नगरपालिका –३ को गौरीडाँडाबाट मतदान गरेका छन् ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले ललितपुरको कुपण्डोलस्थित राजतिर्थ मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेकी छन् ।

माओवादी केन्द्रका नेतना प्रभु साहले रौतहटको मौलापुर नगरपालिका–५ स्थित मौलापुरबाट मतदान गरेका छन् ।

माओवादीका नेता मातृका यादवले धनुषाको सबैला नगरपालिका–२ को रामप्रसाद मावि केन्द्रबाट मतदान गरेका छन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ८ बाट मतदान गरेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिकाको दुर्गा खोभारी जनता माविबाट मतदान गरेका छन् ।

महेन्द्रराय यादवले सर्लाहीकै हरिपूर्वा नगरपालिका ९ औरहीको रामजानकी मन्दिर केन्द्रबाट मतदान गर्दै छन् ।

राजपाकै नेता अनिल कुमार झा रौतहटको दुर्गाभगवती सँस्कृत मावि केन्द्रबाट मतदान गरेका छन् ।

राजपाकै नेता शरतसिंह भण्डारीले महोत्तरीको औरही नगरपालिकाको औरही मावि केन्द्रबाट मतदान गरेका छन् ।

मनिष कुमार सुमनले राजविराजबाट मतदान गरेका छन् ।

संघीय समाजवादी फोरमका अध्यक्षक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले विराटनगर महानगरपालिकाको डिग्री क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका छन् ।

एमालेका नेता हृदयेश त्रिपाठीले जन जागृति मावि गुठी परसौनी मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बालज्योति मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले इचङ्गु पञ्चधारा मतदान केन्द्रबाट मतदान गरेकी छन् ।

रक्षामन्त्री भीमसेनदास प्रधानले बिहान ७ः३० बजे कामपा—२७ ज्याठाको छुस्याबहाल मतदान केन्द्रबाट मतदान गरेका छन् ।

एमालेका युवा नेता डा. राजन भट्टराईले काठमाडौँ क्षेत्र नं ४ मा पशुपति बहुमूखी क्याम्पस, चावहिल केन्द्रबाट मतदान गरेका छन् ।

संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाल राष्ट्रिय मावि, ढल्को, क्षेत्रपाटी मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रकाशित मितिः बिहिबार, मंसिर २१, २०७४     12:11:38 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *