१० बजेसम्म २५ प्रतिशत मतदान

काठमाडौँ म‌सिर २१ ।  निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि शुरु भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १० बजेसम्म २५ प्रतिशत मतदाताले मतदान गरेको जनाएको छ ।

देशका ४५ जिल्लामा दोस्रो चरणको निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आ–आफ्नो मतदान केन्द्रमा गई मताधिकार प्रयोग गर्र्दैछन् ।

प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका सात हजार ७५२ मतदानस्थलका १५ हजार ३४४ मतदान केन्द्रमा बिहीबार मतदान हुँदैछ ।

अपराह्न ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ । मतदाताले मतदान केन्द्रमा जाँदा मोबाइल, लाइटर तथा अन्य सामान मतदान केन्द्रभित्र लैजान नपाइने व्यवस्थासमेत रहेको आयोगले जनाएको छ । रासस

प्रकाशित मितिः बिहिबार, मंसिर २१, २०७४     12:17:21 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *