पढाइ उपलब्धी खोज्न सिकाई मेला

कालीकोट मंसिर २३ । कालीकोट जिल्लामा विद्यार्थीहरुका लागि सिकाई मेला सुरु गरिएको छ । स्थानीयस्तरमा उपलब्ध सामाग्रीहरुको अधिकतम् उपयोग गरि शैक्षिक सामाग्रीको निर्माण र प्रयोगद्धारा विद्यालयमा गुणस्तरीय सिकाई वातावरणको निर्माण तथा विद्यार्थीहरुको सिकाई उपलब्धी बृद्धि गर्न सहयोग पु¥याउने उद्देश्यले युनिसेफ र विश्व शिक्षाको सहयोग र जिल्ला शिक्षा कार्यालय कालीकोटको समन्वयमा किर्डाक नेपाल कालीकोटले इलाका स्तरीय शैक्षिक प्रर्दशनी तथा सिकाई मेला गरेको हो ।
मान्मको महादेव आधारभुत विद्यालयमा प्रदर्शन गरिएको सिकाइ मेलामा स्थानीयस्तरमा पाईने तथा र पैसा नपर्ने सामाग्रीबाट बनाइएका विभिन्न शैक्षिक सामाग्रीहरु प्रर्दशनीमा राखिएको छ । मेलामा स्थानीय सामाग्रीबाट बनाइएका १ सय ७५ वटा सामाग्री बनाएर प्रदर्शन गरिएको छ । मेलामा विभिन्न ६ वटा विद्यालयले आफ्ना विद्यालयमा तयार गरिएका शैक्षिक सामाग्रीहरु प्रदर्शन गरेका छन् ।
सिकाइ मेलामा स्थानीय स्तरमा विद्यालयका शिक्षक शिक्षिकाहरुले बनाएका शैक्षिक सामग्री समेत प्रदर्शन गरिएको छ । जिल्लाका ६ वटा विद्यालय सहभागी भएको मेलामा प्रारम्भिक तहका बालबालिकाहरुले बनाएका सामाग्रीहरुको कार्यक्रममा सहभागी रहेका अतिथीहरु अवलोकन गरेका छन् । शुक्रबार भएको सिकाइ मेलामा जिल्लाको शैक्षिक अवस्था नाजुक हुँदै आएकोले यसलाइ सुधार गर्न सहयोग पुग्ने बताइएको छ ।
मेला उद्घाटन गर्दै खाँडाचक्र नगरपालिकाका प्रमूख जसीप्रसाद पाण्डेले बालबालिकाहरुलाई पढाइ मात्र नभई उनीहरुलाई स्थानीयस्तरमा बनाइने शैक्षिक सामाग्रीहरु प्रयोग गरी उनीहरुको ज्ञान र सीपलाइ अभिवृद्धी मेला सहयोगी बन्ने विश्वास गरे । उनले इलाका स्तरीय सिकाइ मेलामा आएका विद्यार्थीहरुको कला, सीप र क्षमतामा बिकास गर्ने बताए ।
सिकाइ मेलामा नेपाली र गणित विषयसंग सम्वन्धित शैक्षिक सामग्री प्रर्दशनी विभिन्न खेलहरुको प्रदर्शनी, पढाइ सिकाइसंग सम्वन्धित शैक्षिक सन्देश मुलक क्रियाकललाप, नाटक, नृत्यलगायतका प्रतिभाहरु विद्यार्थीहरुले प्रस्तुत गरेका छन् । मेलामा प्रदर्शन गरिएका सामाग्रीको नेपाली, अंग्रेजी, विज्ञान, गणित र सामाजिक गरी ५ भाषा क्षेत्रमा विभाजन गरिएको छ । मेलामा टोपेन्द्र बमको संयोजकत्वमा २ सदस्यीय मुल्याङ्कन समितिले विद्यार्थीले बनाएका शैक्षिक सामाग्रीको मुल्याङ्कन गरी पुरस्कृत गरिने बताइएको छ ।

प्रकाशित मितिः शनिबार, मंसिर २३, २०७४     8:32:04 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *