गोरखा २ मा बाबुराम नारायणकाजी भन्दा ३ हजारले अघी

गोरखा मंसिर २३ । मतपरिणामको लागि वहुप्रतिक्षित गोरखा २ मा बाबुराम भट्टराईले प्रतिष्पर्धी नारायणकाजी श्रेष्ठसँग मतान्तर बढाउँदै लगेका छन्। भट्टराई र श्रेष्ठको मतान्तर ३ हजार बढी देखिएको छ।

पछिल्लो मत परिणाम अनुसार भट्टराईले २० हजार ८९७ मत ल्याएका छन् भने नारायणकाजी श्रेष्ठले १७ हजार ८२९ मत ल्याएका छन्।

गोरखा १ मा भने कम्युनिष्ट गठवन्धनका हरिराज अधिकारीले १५ हजार २९९ मत ल्याए भने काँग्रेसका चिनकाजी श्रेष्ठले १३ हजार २२२ मत ल्याए।

प्रकाशित मितिः शनिबार, मंसिर २३, २०७४     8:38:08 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *