प्रदेश ६ का अधिकांश क्षेत्रमा वामगठबन्धनका उम्मेदवार विजयी

कालीकोट मंसिर २४ । मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभामा कालीकोटबाट वाम गठबन्धननका उम्मेदवारहरु विजयी भएका छन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कालीकोटमा प्रतिनिधिसभामा माओवादी केन्द्रका दुर्गबहादुर रावत, प्रदेशसभा ‘क’ मा एमालेमा कुर्मराज शाही र प्रदेशसभा ‘ख’ महेन्द्रबहादुर शाही विजयी भएका हुन् ।
वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार रावतले २१ हजार १ सय ११ मत ल्याएर विजयी भएका छन् भने उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुपेन्द्रजंग शाहीले १६ हजार २ सय ८३ मत प्राप्त गरेका छन् । रावतले शाहीलाई ४ हजार ८ सय २८ मतले पछाडि पारेका हुन् । जिल्लाका दुवै प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
प्रदेशसभा (क) मा नेकपा एमालेका कुर्मराज शाही र प्रदेशसभा (ख)मा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका हुन् । प्रदेशसभा (क) मा नेकपा एमालेका कुर्मराज शाहीले ११ हजार ९ सय ३५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका टेकराज शाहीले ४ हजार २ सय ८९ मत ल्याएका छन् । प्रदेशसभा (ख)मा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले १२ हजार १ सय ५३ मत ल्याएर विजयी भएका हुन् । शाहीका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कालीबहादुर सहकारीले ९ हजार ३ सय ४२ मत ल्याएका छन् ।
यता, दैलेख निर्वाचन क्षेत्र नम्वर २ को प्रदेशसभा (क) बाट बाम गठबन्धनका उम्मेदवार सुसिलकुमार थापा ११ हजार ८४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका मधुरविक्रम खनालले ८ हजार २ सय ९८ मत प्राप्त गरे । २७ सय ८६ मत अन्तरले थापाले विजयी भएका हुन् । उनी अनेरास्ववियू विद्यार्थी संगठनका नेता हुन् । दैलेख निर्वाचन क्षेत्र नम्वर २ (ख) प्रदेशसभा सदस्यमा बाम गठबन्धनका उम्मेदवार राजबहादुर शाही विजयी भएका छन् । उनले ११ हजार ४ सय ४५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका दिक्पाल शाहीले ८ हजार ४ सय ६६ मत प्राप्त गरे । शाहीले २९ सय ८९ मत अन्तरले विजयी भएका हुन् ।
प्रतिनिधिसभा–१, प्रदेशसभा (क) मा वाम गठबन्धनअन्तर्गत नेकपा(माओवादी)का धर्मराज रेग्मी १० हजार ३६१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्ण बिसीले आठ हजार ७६४ मत प्राप्त गरेको निर्वाचन अधिकृत सनतचन्द्र लबटले जानकारी दिएका छन् ।
सुर्खेतको दुइवटै निर्वाचन क्षेत्रको मतगणना जारी रहँदा वाम गठवन्धनले प्रतिनिधि सभातर्फ अग्रता कायमै राखेको छ । यो समाचार तयार पार्दासम्म निर्वाचन क्षेत्र नम्बर १ का वाम गठवन्धनका उम्मेदवार धुर्व कुमार शाही १८ हजार ८ सय ९३ मत सहित अग्र स्थानमा छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका पुर्णबहादुर खड्काले १६ हजार ६ सय ८६ मत प्राप्त गरेका छन् । त्यसैगरी प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर १ (क) को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

प्रदेशसभा १ (क) मा कांग्रेसका टेकबहादुर सिंह ६ सय ५८ मतका साथ अगाडि छन् भने उनलाई वाम गठवन्धनका उम्मेदवार ठम्मर विष्टले ५ सय ७० मतका साथ पछ्याईरहेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ को मतगणना पनि जारी छ । क्षेत्र नम्बर २ मा वाम गठवन्धनका नवराज रावत २६ सय ९० मतका साथ अगाडि छन् भने नेपाली कांग्रेसका हृदयराम थानी २१ सय ८४ मतका साथ उनलाई पछ्याईरहेका छन् ।

प्रकाशित मितिः आइतवार, मंसिर २४, २०७४     12:33:31 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *