‘संवैधानिक अधिकारको कार्यान्वयन आवश्यक’

कालीकोट मंसिर २४ । अन्तराष्ट्रिय लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान आइतबार सकिएको छ । ‘लैंङ्गिक हिंसा अन्त्यका लागि सवै जुटौं कोही नछुटौ’ भन्ने मूल नाराका साथे लैंङ्गिक हिम्सा विरुद्धको शुरु भएको १६ दिने अभियान आइतबार विभिन्न कार्यक्रम गरी समापन गरिएको हो । अभियानको अवसरमा कालिकोट जिल्लामा महिला हिंसाविरुद्ध ¥याली प्रदर्शन गरी १६ दिने अभियानको शुरुवात गरिएको थियो ।
अभियानको समापन १६ दिने अभियानको उपलब्धी, लैङ्गिक हिंसाका वर्तमान अवस्था र यसका न्युनिकरणका विषयमा सरोकारवालाको ध्यान आकर्षण गरि सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले मानव अधिकारका विषयमा संविधानमा वकालतमा गरिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेका कारण मानवअधिकारको प्रत्याभूति हुन नसकेको बताए । कागजी र कानूनमा मात्रै मानव अधिकारका कुरा समावेश गरेर मात्रै मानव अधिकारको रक्षा नहुने भन्दै शाहीले त्यसको जनतालाई प्रत्याभूति दिलाउन सकेमा मात्र मानवअधिकारको रक्षा हुने बताए ।
खाँडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्टले लैङ्गिक हिंसाको अन्त्य गर्नका लागि घरघरबाट सवै एक जुट हुनुपर्ने बताईन् । उनले हिंसाको अन्त्य गर्न जनप्रतिनिधी र सरोकारवालाहरुले मात्र नहुने भएकाले महिलालाई शिक्षा र ज्ञानका कुरा सिकाउन आवश्यक भएको बताईन् । महिला तथा बालबालिका कार्यालय कालिकोटका निमित्त कार्यालय प्रमुख सविता राणाले कालीकोटमा लैङ्गिक हिंसाको १६ दिने अभियान सञ्चालन भए पनि यस्ता अभियान दिवस र अवसर पारी भन्दा पनि हरेक दिन गर्नु जरुरी रहेको राणाले औल्याईन् ।
अझै पनि जिल्लाका दुरदराजमा रहेका महिला दिदीबहिनीहरु हिंसाको शिकार बन्न बाध्य भएको उनको भनाई छ । ‘दाइजो नल्याएको निहुँमा होस् या छोरी जन्माएको भन्दै होस्’ उनले भनिन्, ‘दुरदराजका महिलाहरुले हिंसा भोगीरहेका छन् ।’ महिलाहरु सचेत भए पनि स्वावलम्वी हुन नसक्दा घरपरिवारबाट हिंसाको शिकार हुनु परेको उनको भनाई छ । कार्यक्रम जिल्ला समन्वय समितिका सभापति अनिपाल शाहीको अध्यक्षतामा भएको हो ।

प्रकाशित मितिः आइतवार, मंसिर २४, २०७४     6:24:34 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *