कुलो निर्माण पछि तरकारी खेतीमा बृद्धि

कालिकोट मंसिर २७ । जिल्लाको रास्कोट नगरपालिकाको वडा नं.६ (साविकको स्युना गाबिस) १४ सय मिटर लामो शान्तिघाट सिंचाई कुलो निर्माण भएपछि स्थानीयलले बेमौसमी तरकारी खेती गरेर मनग्य आम्दानी दिने गरेका हुन् । साना सिंचाई परियोजनाको सहयोगमा सिंचाई कुलो निर्माण भएपछि स्थानीयले बेमौसमी तरकारी खेती गर्न थालेका हुन् । २०७० सालमा गएको बाढी पहिरोका कारणले अवरुद्ध भएको सिंचाई कुलो साना सिंचाई परियोजनाको सहयोगमा निर्माण गरिएको थियो ।
सिंचाई कुलो निर्माण भएपछि रास्कोट नगरपालिका–६ को शान्तिघाटमा हिउँदे र बर्षे बाली लगाउन सजिलो भएको र अहिले गाउँमा बेमौसमी तरकारीबाट धेरैले राम्रो आम्दानी लिने गरेको स्थानीय जयबहादुर फर्सालले बताए । ‘कुलो नहुदाँ बाली लगाउन आकाशे पानीको भर पर्नु पर्ने बाध्यता रहेको थियो’ उनले भने, ‘सिंचाई कुलो निर्माण भएपछि बाली लगाउन आकाशे पानीको भर पर्नुपर्ने बाध्यता हटेसँगै तरकारी बिक्रि गरेर राम्रो आम्दानी लिने गरेका छौं ।’
पानी नहुँदा गाउँको सयौं हेक्टर जमिन बाझै रहेको र सिंचाई कुलो निर्माणपछि अहिले हिउँदे मकै बाली, तरकारी खेती गर्न सजिलो भएको र यो गाउँका सबै जना तरकारी खेती स्थानीय दन्ते नेपालीले बताए । ‘सिंचाई कुलो नहुँदा गाउँको जमिन बाझै थियो’ उनले भने, ‘कुलो निर्माणका कारणले अहिले गाउँका सबै जनाले तरकारी खेती शुरु गरो छन् ।’
सिंचाई कुलो निर्माण गर्न करिब एक बर्ष लागेको र सिंचाई कुलोको अझैँ निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भएको सिंचाई कुलो निर्माणले गाउँका मानिसको आम्दानीको स्रोतमा बृद्धि भएको साना सिंचाई परियोजनाका सब–इन्जिनियर कमल रावलले बताए । ‘सिंचाई कुलो निर्माण कार्य एक बर्ष लागेको थियो’ उनले भने, ‘अहिले गाउँका मानिस सबैले तरकारी खेती गर्न थालेर राम्रो आम्दानी लिने गरेका छन् ।’
कर्णाली करिडोरको क्षेत्रभित्र पर्ने भएका कारणले सिंचाई कुलो निर्माणपछि स्थानीयले तरकारी खेती र खाद्यान्न बाली उत्पादन गरेर स्थानीयले मनग्गे आम्दानी लिने सिंचाई कुलो निर्माणपछि स्थानीयले सिंचाई कुलोबाट आर्थिक आय आर्जनका क्रियाकलापमा बृद्धि भएको सब–इन्जिनियर रावलले बताए । ‘कर्णाली करिडोरसँग जोडिएको ठाउँमा सिंचाई कुलो निर्माण भएको छ’ उनले भने, ‘यसबाट स्थानीयले आर्थिक आयआर्जन गर्न सजिलो हुनेछ ।’

प्रकाशित मितिः बुधबार, मंसिर २७, २०७४     10:32:03 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *