गाउँले परिवेशको ‘मिस्टर झोले’

काठमाडौं । चलचित्र ‘मिस्टर ‘झोले’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा गाउँले परिवेश देखिन्छे । साथै ट्रेलरमा रमाइला संवाद राखिएको छ ।

रामबाबु गुरुङ निर्देशित यो चलचित्र आउँदो पुस २८ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दिया पुन, अरुणा कार्की, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, प्रवीण खतिवडा, कमलमणि नेपाल, सरोज अर्याल लगायतका कलाकारले अभिनय गरेका छन् ।

दीपेन्द्र के खनालले यसअगाडि चलचित्र ‘झोले’ निर्देशन गरेका थिए । तर, ‘मिस्टर झोले’ ‘झोले’सँग कतै पनि केही कुरामा मिल्दैन । ‘मिस्टर झोले’को ट्रेलरले, दर्शकलाई रामबाबु गुरुङकै निर्देशनमा बनेको चलचित्र ‘कबड्डी र कबड्डी कबड्डी’को याद दिलाउँछ । टेकेन खड्काको लगानीमा तयार भएको चलचित्रमा ओम चन्द रौनियार, अर्जुन कार्की र मनिराम पोख्रेलको सहलगानी छ । रौनक विक्रम कँडेल चलचित्रका कार्यकारी निर्माता हुन् । शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी, कालिप्रसाद बाँस्कोटा र सुजेन कार्कीको चलचित्रमा संगीत छ ।

प्रकाशित मितिः बुधबार, मंसिर २७, २०७४     7:33:06 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *