प्रहरी कार्यालयको गेटमै प्रहरीको गोलीबाट म्यादी प्रहरीको मृत्यु

प्रहरिले चलाएकाे गाेली लागी मािरएका विवेक एेडि घाइते अवस्थामा जिल्ला प्रहरी कार्यालय अगाडिको सडकमा ।

कालीकोट पुस ७ । जिल्ला प्रहरी कार्यालय कालीकोटको गेटमै प्रहरीले चलाएको गोली लागेर शुक्रबार कालीकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । शान्नित्रिवेणी गाउँपालिका वडा नं. ४ का विवेक ऐडिको प्रहरीको गोली लागी मत्यु भएको हो । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीले शुक्रबार आफुले पाउने तलव र अन्य सुविधा कम भएको भन्दै आन्दोलन गरेपछि प्रहरीसंग झडप भएको थियो ।
म्यादी प्रहरीको आनदोलनलाई दवाउन प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरी म्यादी प्रहरीको भीडलाई तितरवितर पार्ने प्रयास गरे पनि म्यादीको भीडले जिल्ला प्रहरी कार्यालयमा नाराबाजी गरे पछि गोली चलाएको आरोप आन्दोलनरत म्यादी प्रहरीले बताएका छन् । प्रहरीले चलाएको गोली म्यादी प्रहरी विवेक ऐडिको टाउकोमा लागेपछि उनी जिल्ला प्रहरी कार्यालयको गेटमै ढलेका थिए ।
जिल्ला प्रहरी कार्यालयको गेट अगाडि नै गोली लागेर ढलेका विवेकलाई आधा घण्टासम्म प्रहरीले उपचारका लागि कुनै पहल पनि गरेन । विवेकको टाउकोमा गोली लागेर रगत बगेर सडक भिज्दा पनि उनलाई उठाउने साहास कसैले गरेनन् । उनलाई पत्रकार नागरिक समाजका अगुवा र उद्योग वाणिज्य संघका पदाधिकारीको पहलमा जिल्ला अस्पताल पु¥याइएको थियो । अस्पताल लैजादै गर्दा ऐडीको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल कालीकोटका डाक्टर सुभास शर्माले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कालीकोटले म्यादी प्रहरीलाई दिने भनिएको तलब भत्ता वापतको अन्तिम किस्तामा तीन हजार रुपैयाँ कटौती गरेको भन्दै म्यादी प्रहरी आन्दोलित भएका थिए । दिउँसो १२ बजेदेखि नाराबाजीमा उत्रिएका म्यादी प्रहरीको जुलुस जिल्ला प्रहरीको गेटमा पुग्दा आन्दोलित म्यादी प्रहरी र प्रहरीवीच दोहोरो झडप भएको थियो ।
झडपका क्रममा प्रहरी कार्यालयमाथि म्यादी प्रहरीले ढुंगामुढा गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले दर्जनौ सेल अश्रु ग्याँस प्रहार गरेको थियो । एक जनाको मृत्यु पछि आक्रोशित बनेका म्यादी र स्थानीयले कालीकोट सदरमुकामको प्रतिमाचोकमा रहेको प्रहरी बिट र जिरो प्वाइन्टमा रहेको प्रहरी बिटमा तोडफोड गरी आगजनी गरिदिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमूख सुवास चन्द बोहराले भनी प्रहरलिे गोली नचलाएको दावी गरेका छन् । घटना पछि जिल्ला प्रशासन कायालय कालीकोटमा उनले मालिका पोष्टसंग संक्षिप्त प्र्रतिक्रिया दिँदै उनले प्रहरीले गोली नचलाएको दावी गरे । ‘प्रहरीले गोली चलाएको छैन’ उनले भने, ‘अहिले सम्म पनि गोली चलाउने आदेश दिएको छैन ।’ उनले ढुङ्गामुढा प्रहार गर्दा ढुङ्गा लागेको हुनसक्ने बताए ।
उनले शुक्रबार बिहान म्यादी प्रहरीलाई विदाई कार्याक्रम गरी सबै सेवा सुविधाका बारेमा जानकारी गराएर फर्किको भन्दै उनले म्यादीले भनेजस्तो कुनै पनि रकम नकाटिएको उनले बताए । कसैको उक्साहटमा म्यादी प्रहरी आन्दोलित भएको र दुखद घटना भएको उनको भनाई छ ।

प्रकाशित मितिः शुक्रबार, पुस ७, २०७४     7:06:35 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *