उच्च स्तरिय छानविन समिति कालिकोटमा प्रारम्भिक छानविन सुरु

कालिकोट १०, जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका सान्नित्रिवेणी गाउँपालिका वडा नं ४ हाल रास्कोट नगरपालिका–२ का विवेक ऐडीको घटना छनविन समितिले सोमबार जिल्ला सदरमुकाम पुगेर आफ्नो कार्य सुुरुवात गरेको छ । गृह मन्त्रालयका सहसचिव मानवहादुर विकको संयोजकत्वमा नेपाल प्रहरीका डिआइजी रमेश खरेल, शसस्त्र प्रहरीका डिआइजी प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका लक्ष्मण गुरुङ सहितको उच्चस्तरिय टोलि घटना छानविनका लागि कालिकोट पुगेको हो । टोलिले प्रारम्भीक चरणमा पीडित पक्षसँग छलफल गरेको प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गरैरेले वताए ।
आफूले पाउने तलब सुविधा कटौती गरेको भन्दै म्यादी प्रहरीले प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले चलाएको गोली लागि १९ वर्षीय म्यादी प्रहरी विवेक ऐडीको पुस ७ गते मृत्यु भएको थियो । म्यादी प्रहरी मृतकका आफन्त र स्थानीयले परिवारलाई क्षतिपुर्ति दिनु पर्ने, मृतकलाई राष्ट्रिय सहिद घोषणा, गोलि चलाउने र आदेश दिनेलाई कारवाही, घाइतेको निशुल्क उपचारको माग गर्दै लगातार आन्दोलन गर्दै आएका छन् ।
आन्दोनवाट जिल्लामा शान्ति सुरक्षामा खलल पुग्ने भन्दै स्थानीय प्रशासनले सोही दिनवाट सदरमुकाम क्षेत्रमा कफर््फु लगाउदै आएको थियो । छानविन टोलि पुगेपछि कफर््यु हटाईएको प्रमुख जिल्ला अधिकारी गैरेले वताए । अहिले छानविनको लागि कालिकोटका राजनीतिक दल, नागरिक समाजका अगुवासंग छलफल भईरहेको प्रजिअ गैरेले बताए । मृतकका आफ्न्तले अहिले जिल्ला प्रशासनको गेटमा धर्ना दिइरहेको छन् ।

प्रकाशित मितिः सोमवार, पुस १०, २०७४     3:52:33 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *