चार दिनपछि कालिकोट जनजीवन सामान्यतिर फर्कर्दै


कालिकोट पुस १० । शुक्रबारदेखि तनावग्रस्त रहेको कालिकोट सदरमुकाम मान्मको जनजीवन सोमबारदेखि सामान्य बनेको छ । स्थानीय प्रशासनले शनिबारदेखि लगाएको कफर््यु सोमबारदेखि हटाए पछि जनजीवन सामान्य बनेको हो । शनिबारको नागरिक आन्दोलन र आईतबार स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेपनि ठप्प बनेको मान्मको जनजीवन सोमबारदेखि सामान्य बनेको हो । सोमबार बिहानैदेखि मान्मका पसलहरु खुलेका छन् भने बजारमा मानिसहरुको आवत जावत पनि बढेको छ । कर्णाली राजमार्गमा चल्ने सवारी साधनहरु पनि सोमबार रोकिनु परेको छैन । सोमबार सार्वजनिक विदा परेका कारण अन्य कार्यालयहरु बन्द रहेपनि सडकमा मानिसहरुको आवत जावत भने बाक्लै देखिन्थ्यो । सेवा सुबिधा कटौती गरेको भन्दै म्यादी प्रहरीले गरेको आन्दोलनमा प्रहरीले चलाएको गोलीबाट म्यादी प्रहरी विवेक ऐडीको मृत्युपछि अशान्त बनेको कालीकोट ४ दिनपछि सामान्य बनेको छ । म्यादी प्रहरीको मृत्यु भएपछि सरकारले गृह मन्त्रालयका सह–सचिव मानबहादुर वि.क संयोजक, समितिका सदस्य नेपाल प्रहरीका डिआइजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआइजी प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका लक्ष्मण गुरुङ सोमबार जिल्लामा आएपछि आन्दोलन स्थगित गरिएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटको गेटमा पीडित परिवारहरुले धर्ना दिइरहेकै छन् । घटनाको छानविन गर्न आएको समितिले जिल्लामा आए लगत्तै पीडित परिवार र नागरिक समाजका प्रतिनिधीसंग छलफल गरेको छ भने राजनिितक दल र जनप्रतिनिधीसंग छलफल भईरहेको बताइउको छ । सरकारले यस अघि ऐडीको परिवारलाई १० लाख क्षतिपुर्ति दिने र घाइतेको निःशुल्क उपचार गराउने निर्णय गरिसकेको छ । ऐडीका परिवारले घटनाका दोषीलाई हदैसम्मको कारवाही र मृतकलाई सहिद घोषणाको माग गर्दै मृतकको शव बुझ्न मानेका छैनन् ।

प्रकाशित मितिः सोमवार, पुस १०, २०७४     4:08:02 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *