हेलिकोप्टरबाट स्काभेटर ल्याए पछि कर्णाली करिडोरको काम अघि बढ्यो

सिमकोट (हुम्ला) पुस १२ । सरिसल्ला सिमकोट खण्ड अन्र्तगतको सरिसल्ला छारे खण्डको सडक निर्माण गर्न हेलिकोप्टरवाट स्काभेटर निर्माण स्थलमा झारिएको छ । निर्माण स्थल सरिसल्लामा स्काभेटर ल्याएपछि जडान पुुरा गरि सडक निर्माण कार्य सुुरु गरिएको छ । मुुगुुवाट ६ फ्लाईट नेपाली सेनाको हेलिकोप्टरमा आईतवार स्काभेट ढुवानी गरेर जडान भए पछि सडक निर्माण कार्य सुुरु गरिएको सडक निर्माण कम्पनी सपना धुलिखेलका जेविका स्थानीय प्रतिनिधि तेज वहादुुर महतले बताए ।
हाललाई सरिसल्लावाट सर्केगार्ड हुुँदै छारेतर्फ सडक निर्माण कार्य अगाडी वढाइएको उहाँले बताए । कुुल सरिसल्लादेखि सिमकोटसम्म ४६ दशमवल ९ किलो मिटर वाटो लागि निर्माणका लागि ३५ करोड वजेट विनियोजित भएको र लगातार काम गर्न पाए १५ महिनामा सो खण्डमा गाडी गुडाउने उनले बताए । हेलिकोप्टरमा स्काभेटर आए लगत्तै वाटो निर्माण कार्य सुुरु गरिएको सिमकोट हिल्सा सडक आयोजनाका सव इन्जिनियर विरेन्द्र शाहीले बताए ।
अव कामलाई निरन्तरता दिएर जति सक्दो चाँडो काम सम्पन्न गर्नेतर्फ आयोजना लाग्ने उनले बताए । सो खण्डको सर्केगार्ड खोला र छारेमा पुुल र छारेको चट्टान वाहेक अन्य ठाँउमा सडक निर्माण गर्न सहज भएको उनले बताए । हाल सिमकोट खार्पुुखण्ड अन्र्तगत ११ किलो मिटर वाटोको निर्माण कार्य पुरा भएर गाडी गुडी रहेका छन भने खार्पुु सुनखाडा खण्डको सडक निर्माणका लागि पनि टेन्डर आव्हान भएर पिएस क्याभाराभ्यान कंग्री जेभीको आव्हान स्वीकृत भएको सो सडक आयोजनाका इन्जिनियर विजय थापाले बताए ।
खार्पुुमा पनि स्काभेटर पुुगेको र वाटो निर्माण खण्डमा झोलुुङ्गे पुुल परेकोले त्यसलाई कसरी वचाएर अगाडी वढाउने छलफल भै रहेको उनले बताए । सिमकोट सरिसल्ला खण्डका लागि दुुई तिर दुुई वटा स्काभेटर पुगि सेकेकाले निर्माण कार्य तिव्र रुपमा अगाडी वढाईने खार्पुनाथ गाउँ पालिकाका अध्यक्ष कर्णबहादुुर रावलले बताए । यो कार्यसंगै अव हुुम्ला जिल्ला पनि राष्ट्रिय सडक सञ्जालसंग जोडिने सम्भावना बढेको छ ।

प्रकाशित मितिः बुधबार, पुस १२, २०७४     3:29:21 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *