६ दिनपछि विवेक ऐडिको अन्त्यष्टि

कालीकोट पुस १३ । प्रहरीको गोली लागेर मारिएका म्यादी प्हरी विवेक ऐडिको ६ दिनपछि बुधबार अन्त्यिष्टि गरिएको छ । शुक्रबार प्रहरीको गोली लागेर ज्यान गुमाएका म्यादी प्रहरी ऐडिको बुधबार कालीकोटको शान्तिघाटमा अन्त्यष्टि गरिएको हो । मंगलबार मृतकका आफन्तहरुले जिल्ला अस्पताल कालिकोटमा पोष्टमार्टम पछि शव बुझेर शान्तिघाट लिएपछि बुधबार परम्परागत अनुसार अन्त्यष्टि गरिएको हो ।
म्यादी प्रहरीले ज्याला कम भएको भन्दै गरेको आन्दोलनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका विवेक ऐडीको घटनाको छानबिनमा आएको उच्च स्तरीय छानविन समिति पनि बुधबार काठ्माण्डौ फर्किएको छ । गृह मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा गठित समितिले कालिकोट आएर मृतकका आफन्त, विभिन्न सरोकारवालाहरु, स्थानीयबासीसँग बुभ्mनुका साथै घटनास्थलको स्थलगत निरीक्षण गरि काठ्माण्डौ फर्किएको हो ।
गृह मन्त्रालयका सहसचिव मानबहादुर बिश्वकर्मा संयोजक, नेपाल प्रहरीका डिआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआईजी प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका डिआईजी लक्ष्मण गुरुङ रहेको टोलीले म्यादी प्रहरीले पाएको सेवा सुविधाको छानविनका साथै घटनाका अन्य तथ्याङ्कहरु संकलन गरेको छ । उच्च स्तरीय छानविन समितिका संयोक बिश्वकर्माले घटनाको छानविनमा कुनै कसुर बाँकी नराख्ने बताए ।
काठमाण्डौ फर्किनु अघि मालिका पोष्टसँग कुरा गर्दै उनले आफुहरुले घटनाका सबै तथ्यहरु संकलन गरी लगेको र पीडितका मागहरुलाई सम्बोधन गर्न लाशको पोष्टमार्टम रिपोर्ट लगायतका प्रमाणका आधारमा गृहमा सिफारिस गर्ने जानकारी दिए । उनले छानविनका क्रममा म्यादी प्रहरीको सेवा सुविधामा कुनै अनियमितता नभएको पाईएको बताए ।

प्रकाशित मितिः बिहिबार, पुस १३, २०७४     9:12:30 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *