हृयाप्पी न्यु इयरको तिमी नै मेरो रिलिज

काठमाडौं । चलचित्र ‘हृयाप्पी न्यु इयर’ को ‘तिमी नै मेरो’ बोलको गीत सार्वजनिक गरिएको छ । आउँदो शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्र टिम भर्खरमात्र राजधानीबाहिरको कन्सर्ट सकेको छ भने अब प्रर्दशनका लागि अन्तिम तयारीमा छ ।

अहिले सार्वजनिक गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर छ भने गायक टंक स्वयमको शब्द तथा संगीत छ । डिकेशको नृत्य निर्देशन रहेको यो गीतमा कुशल थापा र सन्ध्या केसी फिचर छन् । मनोरम दृश्यमा सुट गरिएको गीत फिल्म रिलिजको चार दिन पहिले आउट गरिएको हो ।

नयाँ वर्षलाई लक्षित गर्दै पुस १४ गते चलचित्रले प्रदर्शन आरम्भ गर्दैछ । न्यु इयर इभदेखि रिलिज हुने यस फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा कुशल थापा, सन्ध्या केसी र पुकार गौतमको शीर्ष रोल रहेको छ । यस चलचित्रलाई रति थापाले निर्माण गरेकी हुन् ।

प्रकाशित मितिः बिहिबार, पुस १३, २०७४     2:18:47 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *