गाडि संचालन भएसंगै यात्रा सहज

कालीकोट पुस १४, कर्णाली करिडोरको जारकोटसम्म यातायात सेवा नियमित संचालन हुने भएको छ । नेपाली सेनाद्धारा निर्माणाधिन कर्णाली करिडोरमा स्थानिय नागरिकहरुको सहजताका लागि निर्माणसँगै यातायात सेवा संचालन गरिएको छ । प्रमूख जिल्ला अधिकारी बिद्रीनाथ गैरे यसै पुस महिनाको अन्तिमसम्म जारकोटसम्म यातायात सेवा संचालनका लागि तयारी भईरहेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यसैका लागि नेपाली सेनाले भुराबगरदेखी जारकोटसम्मको साँघुरो सडकको चौडाई बढाईरहेको र एक हप्ता भित्र जिल्ला स्तरमा सबै सरोकारवालाहरुसँग पनि छलफल गरिने भएको छ । प्रमूख जिल्ला अधिकारी गैरेले गाडीको अभावका कारण नागरिकहरुलाई समस्या पर्न नदिन कर्णाली करिडारमा गाडी थप गर्नुका साथै बुलबुले यातायात समितिले पनि प्रशासनमा निवेदन दिएको र त्यसमा पनि छलफल गरिने बताउनुभयो । राष्ट्रिय गौरबको आयोजना कर्णाली करिडोरमा यातायात सेवा संचालन भएपछि स्थानिय नागरिकहरुले यात्रुको चाप, गाडीको अभावका कारण समस्या झेल्दै पनि आएका छन् । घर अगाडीबाट गाडी गुड्ने भएपनि प्रयाप्त गाडी नहुँदा पैदलै हिड्नुपर्ने समस्या खेप्दै आएको स्थानियको भनाई छ । अहिले कर्णाली करिडोरको लालिघाटदेखी फुगाडसम्मको २२ किलोमिटर सडकमा गाडी गुडिरहेको छ । कर्णाली करिडोरमा नियमित यातायात सेवा संचालनका लागि शान्तिघाट र फुगाड खोलामा नेपाली सेनाले बेलीब्रिज पनि निर्माण गरिसकेको छ । फुगाडदेखी नानिकोट र थिर्पुको बीचमा पर्ने घाटा चौरसम्म ८ किलोमिटर थप सडकमा यातायात सेवा संचालन गर्न सकिने नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, पुस १४, २०७४     2:00:11 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *