विद्यार्थीको सहजताका लागि संस्था गठन

कालिकोट पुस १६ ‘हाम्रो गाउँपालिका हाम्रो नगरपालिका, विकसित कालिकोट हाम्रो सपना’ भन्ने मुल नाराका साथ कालिकोटबाट काठमाण्डौमा प्राविधिक क्षेत्रमा काम गर्दै आएका विद्यार्थीहरुले ‘कालिकोट टेक्निकल फर्म’ संस्था गठन गरेका छन् । प्राविधिक अध्ययनरत जीवन सुवेदीको अध्यक्षतामा संस्था गठन गरिएको छ ।
‘एक घर एक प्राविधि’ उत्पादन गर्ने उदेश्यले गठन भएको संस्थाको वरिष्ठ उपाध्यक्षमा प्रकाशजंग शाही, उपाध्यक्षमा साधना गिरी, महासचिव प्रेम जिसी, सचिवमा एलन शाही, कोषाध्यक्ष निर्मला पुर्वे सर्वसमत चयन भएका छन् । भने सदस्यहरुमा भुपेन्द्रजंग शाही, खगेन्द्रकुमार पाण्डे, अस्मिता शाही, प्रतिभा शाही, निर्देशिका शाही, लक्ष्मण सुवेदी, कमल शाही, मुकेश शाही, वीरेन्द्र संज्याल, उपेन्द्र महतारा, धुव्र जैसी, ममता बम, झर्ना शाही, भुवन शाही चयन भएका छन् ।
त्यस्तै पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान ललितपुरमा कार्यरत डाक्टर ललिजंग शाहीको परिकल्पनामा र गोकर्ण पिएचसि काठमाण्र्डौमा कार्यरत डा. भीष्म पोखरेलको सुझाब सल्लाह तथा गजलकार एवं महेन्द्ररत्न कलिेज ताहचालमा अध्ययनरत प्रकाश बम ‘परिश्रमी’को संयोजकत्वमा कालिकोट टेक्निकल फर्म नामक प्राविधिक संस्था गठन गरेको हो ।
कालिकोटको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कालिकोट जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाबाट अध्ययन गर्नका लागि कालिकोटको युवाहरुको पहल र कालिकोटकै डाक्टरहरुको पहलमा संस्था गठन गरिएको छ । जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिवीर संचालन गर्न, विकास योजनालाई संचालनमा ल्याउन, कालिकोटका प्राविधिक विद्याथीहरुलाई एकधारमा ल्याउन, प्राविधि समस्यालाई समुहमा नै समाधान गर्न र कालिकोटबाट काठमाण्डौमा प्राविधिक शिक्षा अध्ययन गर्न गएका विद्याथीहरुका लागि सहयोगी बन्न संस्थाको गठन गरिएको संस्थाका संयोजक प्रकाश बमले बताए । उनले भने कालिकोटका विद्यार्थीहरुका लागि लोक सेवा आयोग र विभिन्न आयोजका परिक्षाको बारेमा जानकारी दिने र तयारी कक्षाको बोरमा परामर्श दिनका लागि संस्थाको गठन गरिएको छ ।

प्रकाशित मितिः आइतवार, पुस १६, २०७४     2:34:50 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *