कर्णालीमा संम्भावना धेरै, लगानी थोरै

कालिकोट पुस १७ । भोक रोग र अशिक्षाको प्रयायबाची बन्दै आएको कर्णालीमा लगानीका क्षेत्र प्रसस्तै रहेका छन् । लगानीका क्षेत्र धेरै रहेको भएपनि ठुला उद्योगी, ब्यापारी घरानाहरु, ठुला कम्पनी, राज्य र अन्य कुनै क्षेत्रले पनि कर्णालीमा लगानी गर्न आक्रषित देखिएका छैनन् । कर्णालीका आर्थिक समृद्धिका संम्भवनाका क्षेत्रमा लगानी हुन नसक्दा अझैँ पछाडी परेको छ ।
कर्णालीका आर्थिक समृद्धि र लगानीका गर्न सकिने क्षेत्रमा जलबिद्युत, जडिबुटी, पर्यटन, होटेल ब्यवसाय मुख्य आधार रहेका छन् । तर, अहिले जलबिद्युत, जडिबुटी, पर्यटन, होटेल क्षेत्रमा लगानी न्यून रहेको छ । स–साना लगानीकर्ताहरु जलबिद्युत, जडिबुटी, पर्यटन, होटेल क्षेत्रमा लगानी गर्न तयार भएको भएपनि यसले यो कर्णालीको संमग्र विकास र समृद्धिको आधार तयार गर्न सकेका छैनन् ।
कर्णालीको भौगोलिक कठिनता भएका केही जिल्लामा अझैँ मोटरबाटो नपुगेका कारणले पनि सायद् लगानी गर्न चाहने बित्तिय क्षेत्रका लागि कठिन हुन सक्छ । कर्णाली नदी र भेरी नदी यसै क्षेत्रमा पर्ने भएका कारण जलविद्युत विकासका दृष्टिले कर्णाली सबैभन्दा धनी हुने संम्भावना छ ।
त्यस्तै, जडिबुटी र कर्णालीको पर्यटन पनि कर्णालीको आर्थिक रुपमा समृद्धि ल्याउने संम्भवना रहेको छ । कर्णालीमा संसारकै महङ्गो यार्सागुन्बु पाइन्छ । त्योसँगै अन्य बहुमुल्य जडिबुटी कर्णालीमा नै रहेका छन् । तर, अहिले यो कर्णालकिो जडिबुटी दोहन मात्र भएको छ । यसको संरक्षण सहि सदुपयोग हुन सकेको छैन् ।
पर्यटन पनि कर्णालीका लागि निकै राम्रो क्षेत्र हो । कर्णालीको डोल्पामा रहेको से–फोसोण्डो र मुगुको रारामा रहेको राराताल र यसै कर्णालीको शिर मानसरोवर पनि रहेका कारणले कर्णालीको पर्यटन विकासले आर्थिक समृद्धिका लागि निकै राम्रो संम्भावना रहेको छ ।
अथाह संम्भावना जलबिद्युत
कर्णालीलाई जलविद्युतको क्षेत्रमा रुपमा विकास गर्न सकिने थुप्रै आधार रहेका छन् । कर्णाली हुम्ला हुदैँ बग्ने हुम्ली कर्णाली, डोल्फा हुदैँ बग्ने भेरी र जुम्ला हुदैँ बग्ने भेरी नदीको पानीको उपयोग गरेर बिद्युत बिद्युतको हबका रुपमा बिकास गर्न सकिने आधारहरु रहेका छन् । अहिले ती नदीहरुबाट न सिंचाईको ब्यवस्था गरिएको छ । नत बिद्युत निकाल्ने तयारी गरिएको छ । नदीहरुको अथाह स्रोत हुदाँहुदैँ पनि त्यतिकै खेर गइरहेका छन् ।
कर्णालीमा मात्र करिब २४ हजार मेगावाट विद्युत उत्पादनको सम्भावना रहेको जानकारहरु बताउँछन् । तर, अहिले कर्णालीको कालिकोट जिल्लाको ८४० मेगावाटका तिला–१ र तिला–२ बाट ८६० मेगावाट जलविद्युत आयोजनाको पहल शुरु भएको छ । अन्य ठाउँमा खासै अध्यायन अनुसन्धानको चासो रहेको छैन् ।
हरेक हिसाबले निकै विपन्न रहेको कर्णालीको विकासको जलबिद्युतमा लगानीले रोजगारी र आर्थिक सम्पन्नता बृद्धि गर्न सकिने कालिकोटका प्रदेशसभाका सांसद कुर्मराज शाही बताउँछन् । ‘विपन्नताबाट मुक्ति पाउने एउटा मात्र उपाय भनेको जलविद्युत पनि हो ।’ उनी भन्छन्,–‘जलबिद्युतको क्षेत्रमा कर्णालीमा कुनै पनि लगानीकर्ता आक्रर्षित हुन सकेका छैनन । राज्यले पनि यसतर्फ ध्यान दिन नसेको छैन् ।’
कर्णालीको विकासका लागि जलबिद्युत, जल पर्यटन प्रमुख आधार हुन सक्ने त्यस क्षेत्रमा लगानीको आवश्यकता रहेको त्यसमा लगानी गर्न स्थानीयहरुले लगानीकर्तालाई आक्रर्षित गर्न कर्णालीबासीले लाग्नुपर्ने नेपाल तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजंग शाहीले बताए । ‘कर्णाली समृद्धिको आधार भनेको जलविद्युत नै हो ।’ उनी भन्छन्,–‘यसमा लगानीकर्तालाई आक्रर्षित गर्न सबैले लाग्नुपर्छ ।’
जल पर्यटन, बिद्युत उत्पादनको राम्रो क्षेत्र हुदाँहुदैँ पनि बित्तिय क्षेत्र, नीजि लगानीकर्ता, ठुला कम्पनी र राज्यको खासै चासो जान सकेको छैन् ।
कर्णालीमा नै पाइन्छ हिमाली हिरा ‘यार्चागुन्बु’
कर्णाली बहुमूल्य जडीबुटीको खानी भएको क्षेत्र हो । कर्णालीमा हिमाल, जंगल र गाउँमा नेपालमा पाइने १४ सय जडिबुटीका प्रकारमध्ये ७ सय कर्णालीमा पाइने गरेको बिभिन्न तथ्यहरु सार्वजनिक भएका छन् । जडिबुटीको खेती र संरक्षण त्यसको सहि ब्यापारले मात्र कर्णाली भविष्यमा समृद्ध बन्न सक्छ ।
हिमाली हिरा भनेर चिनिएको यार्चागुन्बु कर्णाली क्षेत्रमा पाइन्छ । बिश्व बजारमा राम्रो मूल्य पर्नेे, व्यवस्थित व्यापार गर्न सके कर्णालीको मुहार नै फेरिने कर्णालीका सामाजिक अभियन्ता चन्द्रप्रसाद कोइरालाले बताउँछन् । ‘हामीले कर्णालीमा उत्पादन हुने जडीबुटीलगायतका अन्य बस्तु बिश्व बजारसम्म पु¥याउन सक्ने हो पनि कर्णाली आफैँ समृद्ध हुन सक्छ ।’ उनी भन्छन्,–‘तर, अहिलेसम्म पनि राज्य र नीजि क्षेत्रका लगानीकर्ता यसतर्फ आक्रर्षित हुन सकेका छैनन् ।’
यार्चागुन्बु जस्तै विश्वमै अन्त्यत महत्वपूर्ण र महँगा जडीबुटीहरू गुच्ची च्याउ, हात्ती जरा, शिलाजित, सतुवालगायत ७०० देखि १४०० भन्दा बढी प्रजातिका बोटविरुवा, जडीबुटी कर्णालीका गहनाका रुपमा रहेका छन् ।
तर, कर्णालीमा पाइने जडिबुटीको लागि प्रसोधनका साना उद्योग खुलेका भएपनि ठुला उद्योग खुल्न सकेको छैनन् ।
ठुला उद्योग नखुल्दा यहाँ पाइने जडिबुटी त्यसै खेर जान थालेको कालिकोटमा जडिबुटी प्रसोधन केन्द्र खोलेको प्रेमबहादुर शाही बताउँछन् । ‘ठुला जडिबुटी प्रसोधनका उद्योग खुलेका छैनन् । साना उद्योगले माग अनुसारको उत्पादन गर्न सक्दैनन् ।’ उनी भन्छन्,–‘कर्णालीमा रहेका जडिबुटी त्यसै खेर जान थालेको छ ।’
कर्णाली समृद्धिको आधार पर्यटन
कर्णालीको रारा र फे–फोसण्डो र कर्णालीको शिरमा मानसरोवर रहेको छ । कर्णालीमा रारा र फे–फोसण्डो र कर्णालीको शिरमा मानसरोवर हुदाँहुदैँ पनि यस क्षेत्रमा ब्यवस्थित रुपमा विकास हुन सकेको छैन् । ब्यवस्थित विकास बिना पनि समृद्धि हुन सक्दैन् । पर्यटन क्षेत्रको ब्यवस्थापन राम्रो नहुदाँ अहिले कर्णालीको पर्यटन निकै कम रहेको छ । पछिल्लो चरणमा रारा आन्तरिक पर्यटनले केही विकास भएको भएपनि यसको ब्यवस्थित विकास हुन सकेको छैन् । ब्यवस्थित विकास नहुदाँ कर्णालीको पर्यटकिय क्षेत्र अहिले ओझेँल परेका छन् ।
कर्णाली करिडोर बन्न सकेमा रारा र से–फोसण्डो मात्र हैन् धार्मिक पर्यटनका लागि कर्णालीको शिरमा रहेको मानसरोवर पनि कर्णाली पर्यटनको आधार बन्नसक्छ । कर्णालीको करिडोर मार्गको निर्माण भए हजारौं भारतीय पर्यटकहरु नेपालगंज हुदैँ हुम्लाको बाटो प्रयोगबाट यहाँको आर्थिक समृद्धि हुने देखिन्छ ।
अहिले नै भने कर्णाली राजमार्ग नबनेका कारणले मानसरोवरमा यो मार्ग हुदैँ निकै कम पर्यटक जाने गरेको हुम्लामा राम्रो बासको ब्यवस्था नहुदाँ नेपालगंजबाट हुम्ला हवाईजहाज र त्यहाँबाट मानसरोवर हेलिकप्टर चार्टर गरेर जाने भएका कारणले मानसरोवरबाट कर्णालीका बासिन्दा खासै लाभ लिन नसकेको हुम्लाबाट निर्वाचित जीवनबहादुर शाही बताउँछन् । ‘कर्णालीको आर्थिक आधारका रुपमा रहेको कर्णाली करिडोर बनेको छैन् ।’ उनी भन्छन्,–‘मानसरोवरबाट खासै कर्णालीबासीले लाभ लिन सकिरहेका छैनन् । भविष्यमा यो पर्यटन क्षेत्रबाट मात्र कर्णालीको आर्थिक विकास आधार रहनसक्छ ।’
कर्णाली पर्यटन विकासका लागि सरकारले निरन्तर ध्यान दिएको र कर्णाली पर्यटन बिषयमा सरकारले बिषेश प्याकेज ल्याउने पनि मन्त्रीले शाहीले बताए ।
लगानीकर्ताका लागि कर्णाली पर्यटन विकास एउटा लगानीको राम्रो माध्यम हुनसक्छ ।
पर्यटन क्षेत्रका लागि समस्या सुबिधा सम्पन्न होटेलको अभाव
कर्णालीमा पर्यटन लगानी क्षेत्र हुदाँहुदैँ पनि रारा, से–फोसण्डो र मानसरोवर लक्षित सुबिधा सम्पन्न होटेलको कमी रहेको छ । रारालाई लक्षित गरेर स–साना होटेल खुलेका छन् । तर, त्यहाँ ब्यवस्थापनको पाटो निकै कमजोर रहेको छ । रारामा आन्तरिक पर्यटक आउने क्रम निकै पढेको छ । आन्तरिक पर्यटकसँगै छिमेकी देश भारतबाट पनि रारा आउने क्रम तिब्र रहेको छ ।
रारा निकै सुन्दर रहेको रारालाई लक्षित गरेर कुनै पनि पुर्वाधार नबनेको यसमा सरकारले ध्यान दिन सुझाउँछन भारतको उत्तरप्रदेशबाट रारातालको भ्रमणमा आएका भारतीय अरुण अग्रवाल । ‘रारा स्वर्ग भएको र यहाँ पूर्वाधारको निकै कमी रहेको छ ।’ उनी भन्छन्,–‘रारा लक्षित गरेर नीजि क्षेत्र र राज्यले लगानी गर्न जरुरी रहेको छ ।’
रारा लक्षित गरेर कालिकोट, जुम्लामा करोड हाराहारीको लगानी केही होटेल खुलेका छन् । रारा तालमा नै दुई वटा मात्र होटेल रहेका छन् । होटेल डाफेँ र रारा भिलिज । यी दुई होटेलको राम्रो ब्यवस्थापन पक्ष छैन् । रारामा आउने पर्यटकका लागि यीनीहरुले राम्रो बासस्थान खानपानको ब्यवस्था गर्न सकेका छैनन् ।
रारा र से–फोसण्डो र मानसरोवरलाई लक्षित गरेर ठुला ठुला होटेलको राम्रो संम्भावना रहेको भएपनि अहिले लगानीको अभावका कारणले खुल्न सकेका छैनन् ।
कर्णालीको अर्को संम्भावना स्याउ र ओखर
कर्णालीको आर्थिक विकास समृद्धिको आधार रुपमा यहाँ फल्ने फलफूलहरुलाई लिन सकिन्छ । तर, अहिले कर्णाली फल्ने र स्याउ र ओखरको लगानीको कमी रहेको छ । स्याउ र ओखर उत्पादनको राम्रो सम्भावना रहेको कर्णालीमा लगानीको कमी रहेको छ । उत्पादन भएका स्याउ ओखरले प्रसोधनमा समस्या हुदाँ छिटै कुहिने समस्या रहेको छ । यहाँ उत्पादन भएको स्याउले उचित मुल्य पनि पाउँन सकेको छैन् ।
कर्णालीमा स्याउ र ओखर उत्पादनको राम्रो संम्भवना रहेको भएपनि लगानी, उत्पादन भएको बस्तुको बजारीकरण, प्रसोधनको समस्या श्रम अनुसारको उपलब्धी पाउन नसकेको कालिकोटबाट प्रतिनीधिसभाका सांसद दुर्गबहादुर रावतले बताए । ‘स्याउ र ओखर लगाएतका फलफूलको उत्पादनको राम्रो संम्भवना रहेको क्षेत्र हो कर्णाली ।’ उनी भन्छन्,–‘उत्पादन भएको बस्तुको बजारीकरण, प्रसोधनको समस्या लगाएतका कारणले श्रम अनुसार मुल्य नै पाउन सकिएको छैन् ।’
कर्णालीका क्षेत्रमा लगानी संम्भावना धेरै रहेको भएपनि यसको विकास ध्यान नदिदा अहिले पनि कर्णाली मुलधार बाहिर रहेको छ ।

प्रकाशित मितिः सोमवार, पुस १७, २०७४     3:03:11 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *