प्रदेश नं ६ को राजधानी सुर्खेत, नाम कर्णाली प्रदेश राख्नुपर्नेमा जोड

कालीकोट पुस १८
प्रदेश नं ६ को नाम र राजधानीका बिषयमा कालिकोटका सरोकारवालाहरु बीच छलफल गरिएको छ । समुन्नत समाजका लागि सामुहिक प्रयासको आयोजनामा भएको छलफलमा कालिकोटका सरोकारवालाहरुले प्रदेश नं. ६ को नाममा एकमत भएपनि राजधानीका बिषयमा फरक फरक धारणा राखेका छन् । नेपाल बार ईकाई कालिकोटका अध्यक्ष हिक्मतबहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि प्रदेश सांसद कुर्मराज शाहीले प्रदेश नं. ६ को नाम पहिचानका आधारमा कर्णाली प्रदेश र राजधानी सामाथ्र्यका आधारमा सुर्खेत हुनु पर्ने बताउनुभयो । उहाँले आफुले बाम गठबन्धनको तर्फबाट चुनावमा जाँदा घोषणा पत्रमै यसलाई उल्लेख गरेको र जनताले पनि अनुमोदन गरेको बताउनुभयो ।

कार्यक्रममा एक अवधारणा पत्र प्रस्तुत गर्दै जिल्ला बारका अध्यक्ष हिक्मतबहादुर बिष्टले प्रदेश नं. ६ को नाम कर्णाली प्रदेश, राधानी सुर्खेत हुनु पर्ने र मौषमी राजधानी कर्णालीमा हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका पार्टी सभापती हर्षबहादुर बम, नेकपा एमालेका उपाध्यक्ष रमेश शाही, खाँडाचक्र नगरपपालिकाका उपमेयर बिजया बिष्ट, नयाँ शक्ति नेपालका नेता लक्ष्मी भट्टराई, नेपाल पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डे लगायतका वक्तहरुले प्रदेश नं. ६ को नाम पहिचानका आधारमा कर्णाली प्रदेश र राजधानी सामाथ्र्यका आधारमा सुर्खेत हुनु पर्ने धारणा राखेका छन् ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाही, राप्रपाका नेता लालबहादुर शाही, पचालझरना गाउपालिकाका अध्यक्ष खड्गराज सेजुवाल, नेपाल महिला संघकी केन्द्रीय सदस्य छाया सुनार लगायतका वक्तहरुले प्रदेश नं. ६ को नाम पहिचानका आधारमा कर्णाली प्रदेश र राजधानी पनि कर्णालीमै हुनुपर्ने धारणा राखेका छन् । उनीहरुले कर्णाली बिशेष अधिकार सहितको कर्णाली प्रदेश र खस भाषाको उद्गम स्थल सिजालाई प्रदेशको राजधानीका रुपमा बनाउनु पर्ने बताएका छन् ।

प्रकाशित मितिः मङ्लबार, पुस १८, २०७४     5:58:11 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *