५ दिने च्याउ खेती सम्बन्धि तालिम सुरु

कालिकोट, पुस १८
कालिकोट जिल्लाको ग्रामिण स्तरका महिलाहरुलाई उद्यमी बनाउन पाँच दिने व्यवसायीक च्याउ खेती सम्बन्धि तालिम दिन थालिएको छ । ग्रामिण पुननिर्माण संस्था आरआर एनद्धारा संचालित सिडिपी परियोजनाको सहयोग तथा जिल्ला कृषि विकास कार्यालयको समन्वयमा सिडीपी परीयोजना लागु भएका नरहरीनाथ गाउपालिका, शान्नित्रिवेणी गाउपालिका र तिलागुफा नगरपालिकाका स्थानिय २५ जना महिलाहरुलाई उक्त तालिम दिन लागिएको हो ।

मंगलबार होटल हिलसाईटमा उद्घाटन गरिएको तालिममा जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत मनोजकुमार सिंहले बजारको मागको आधारमा च्याउखेती सम्बन्धि पाँच दिने तालिम किसानका लागि निकै उपयुक्त रहेको बताउनुभयो । ग्रामिण पुननिर्माण संस्थाका कार्यक्रम संयोजक लिला न्यापानेको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले विगतमा च्याउ प्रति केही समुदायको बिभेद रहेको बताउदै बाहुँनले च्याउ खाहोस त स्वात पाहोस भन्ने उख्खान बिस्तारै हट्दै गएको बताउनुभयो । उहाँले च्याउ मिठो स्वादका साथै पौष्टीक आहारा र मानव स्वास्थ्यको लागि निकै लावदायक रहेको बताउनुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष बिरेन्द्र बुढा, तालिम प्रशिक्षक गणेश अधिकारी, रामाकान्त खनाल, उद्योग बाणिज्य संघका सदस्य माधव न्यौपाने, पत्रकार महासंघका सचिव खडानन्द अधिकारी लगायतका वक्ताहरुले किसानले अनुदानमुखी व्यवसाय नभई आयआर्जनका लागि व्यवसायको गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मितिः मङ्लबार, पुस १८, २०७४     6:04:45 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *