पहिरो रोक्न तटबन्ध

कालिकोट, पुस १८
कालिकोट जिल्लाको पलाता गाउपालिकाको वडा नं. ९ स्थित आपुखोलामा स्थानिय कवुलीयती वनहरुले पहिरो रोक्न तटबन्धन गर्ने भएका छन् । थिर्पु स्थित बास्मति कवुलियती वन, हरीयाली कवुलियती वन र धन्दर कवुलियती वनले आसा कार्यक्रमको सहयोगमा आपुखोलामा तटबन्धन गर्ने लागेको स्थानिय पुर्णसिंह बमले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त आपुखोला वनमा तटबन्ध गर्दा पलाता गाउपालिकाको वडा नं. ९ स्थित चुलाकोट र पार्टीखेतका स्थानिय नागरिकहरुलाई पहिरोको जोखिमबाट मुक्ति पाउने भएका छन् ।

विगत लामो समयदेखी आपुखोलामा पहिरो जाँदा त्यहाँका दुई वटा बस्तीहरु जोखिममा रहेका थिए ।

प्रकाशित मितिः मङ्लबार, पुस १८, २०७४     6:06:08 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *