निःशुल्क स्वास्थ्य परिक्षण

कालीकोट पुस २२ । खाँडाचक्र नगरपालिका वडा नं.६ साविकको दाहाँ गाविसमा स्थापित दुदेशिल्ला आधारभुत विद्यालयमा निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनकबहादुर शाहीको अध्यक्षतामा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
स्वास्थ्य परिक्षण कार्यक्रममा ज्वरो, रुघाखोकी, टाउको दुख्ने जस्ता विरामीले स्वास्थ्य परिक्षण गराएको बताइएको छ । निः शुल्क स्वास्थ्य परिक्षणमा ९८ जना विरामीले स्वास्थ्य परिक्षण गराएका छन् । स्वास्थ्य परिक्षणमा इलाका स्वास्थ्य चौकी दाहाँका अहेब महेश प्रसाद आचार्यले गरेका थिए । चिसो समयमा अनेकौ रोगले संक्रमण गर्न सक्ने भएकाले सुरक्षित समेत हुनुपर्ने सल्लाह दिइएको स्वास्थ्यचौकी इन्चार्ज रुपा भण्डारीले जनाएकी छन् ।

प्रकाशित मितिः शनिबार, पुस २२, २०७४     12:01:16 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *