विद्यालयमा सार्वजनिक सुनुवाई

कालीकोट पुस २२ । नरहरीनाथ गाउँपालिका वडा नं. ८ स्थित मंगलासैनी माध्यामिक विद्यालय खिरचौकाको सार्वजनिक सुनुवाई गरिएको छ । आर्थिक बर्ष २०७२∕२०७३ र ०७३∕०७४ को विद्यालयको आयव्यय सार्वजनिक गर्न एक औपचारिक कार्यक्रमको आयोजना गरी सार्वजनिक सुनुवाई गरिएको हो ।
मंगलासैनी माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बिष्टका अनुसार विद्यालयको आर्थिक बर्ष २०७२∕२०७३ को आम्दानी ५५ लाख ५७ हजार ७ सय ८५ रुपैयाँ रहेकोमा खर्च ४१ लाख ३७ हजार ६ सय ३ रुपैयाँको भएको छ । यस्तै आर्थिक बर्ष २०७३∕२०७४ को आम्दानी ७२ लाख ७८ हजार ३ सय ७० रुपैयाँ रहेकोमा खर्च ६७ लाख ४१ हजार ५ सय ६५ रुपैयाँ भएको बताईएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकसहितका शैक्षिक सरोकारवालाहरुको सहभागिता रहेको शिक्षक शुभराज बिष्टले जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, पुस २२, २०७४     12:02:34 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *