बन्यजन्तु संरक्षण गर्नुपने माग

कालिकोटः
पछिल्लो समय जिल्लामा अत्याधिक रुपमा वन्यजन्तु चोरी निकासी बढेको भन्दै रेडपाण्डा नेटवर्कले जिल्लाका सरोकारवालाहरुलाई नियन्त्रण गर्न आग्रह गरेको छ ।
विहीबार मान्ममा एक कार्यक्रमको आयोजना गरी वन्यजन्तु चोरी निकासी रोक्न आग्रह गरेको हो ।

हिमालयन सामुदायिक स्रोत बिकास केन्द्रको आयोजना गरिएको सचेतना कार्यक्रमा जिल्लाको महावै गाँउपालिका र शान्नि त्रीवेणी गाँउपालिकाको लेकाली भागमा पाइने रेडपाण्डाको संरक्षणमा लाग्न आग्रह गरिएको छ ।

कार्यक्रममा यस जिल्लामा पाइने कालो बिरालो, काँडे भ्वाकुर, व्यासो, भालु, हिम चितुवा, हार्भे रहेको भन्दै विषेश गरी नेपालमै लोपोन्मुख रेडपाण्डाको संरक्षणमा लाग्नुपर्ने रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक सरोज श्रेष्टले बताए ।

उनले भने, कर्णाली प्रदेशका दश वटै जिल्लाहरु भन्दा कालिकोट वन्यजन्तुको संख्या वढि रहेकोले यसको संंक्षणमा जुट्नु प्रर्नेमा जोड दिए । नेपालमा रेडपाण्डा लोभ भइरहेको वेला कालिकोटको यसको बासस्थान रहेकाले यसलाई बचाउन स्थानिय तहका जनप्रतिनिधिहरु लाई आग्रह गरे ।

कार्यक्रमा सहभागीहरुले जिल्ला वनकार्यलय पछिल्लो समय जिल्लामा विहिन रहेको जस्तो देखिएको बताए । स्थानिय तह नहुनु भन्दा पहिले वन्यजन्तुको चोरी निकासी रोकिएको थियो, अहिले आएर वन्यजन्तुको चोरी निकासी नरोकिनु दुखद रहेको बताए ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक देवेन्द्र मल्लले वन्यजन्तुको चोरी निकासी रोक्न प्रहरीले निकै कडाई गरिरहेको बताए । कार्यक्रममा अधिकांस सहभागीले वढ्दो वन्यजन्तुको चोरी निकासी रोक्न विषेश गरी स्थानिय तहले कार्यविधि बनाएर नियन्त्रण गर्नुपर्ने बताए ।

कार्यक्रममा बाेल्दै पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डेले स्थानिय एफ रेडियाेकाे महत्त्वपूर्ण भुमिका रहेकाे बताए । पछिल्लो समयमा जिम्मेवार निकाए स्थानियकाे सहयाेग पाएन भनेर पंछिने गरेकाेले यसाे नगर्न अाग्रह गरे । उनले जिल्लाका संचारकर्मिकाे सत्रियतामा भर्तामा रहेकाे काईनाईट खानि उत्खनन्बाट राेकेकाे बताए ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २, २०७५     2:51:02 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *