२ महिनामा डिजिटर वडा बनाउने छु

देशमा संघीय व्यवस्था लागू भएको दुई वर्ष भन्दा बढी समय वितिसकेको छ । दुई वर्षको अवधिमा निर्वाचित जनप्रतिनिधिले जनताको लागि के काम गरेका छन् । २० वर्षसम्म कर्मचारीले चलाएको स्थानीय तहमा जनताबाट प्रत्यक्ष निर्वाचित भएर आएका जनप्रतिनिधिले कति काम गरे काम गर्दै जादा के के समस्या छन्, स्थानीय सरकार कसरी …

बत्ति बाल्न नपाएको गुनासो

कालीकोट जिल्लाको पलाता गाउँपालिका वडा नं ६ छहड्नेका स्थानीय नागरिकले आफुले विद्युत बाल्न नपाएको गुनासो गरेका छन् । पलाता गाउँपालिका वडा नं ६ मा रहेको औला खोला लघुजलविद्युत आयोजना संचालनमा भएपनि आफुहरुले अहिलेसम्म विद्युत बाल्न नपाएको गुनासो गरेका हुन । स्थानीय सरकार गठनपछि अधिकाँश सेवा गाउँमा नै पाइने आसमा बसेका …

छोरी पाल्न १ लाख

कालीकोट: जिल्लाको खाडाचक्र नगरपालिकाले छोरी जन्माउने दम्पतिलाई छोरी पाल्न र पढाउनका लागि १ लाख रुपैया पुरस्कार दिने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममा एक वा दुई छोरी जन्माएर परिवार नियोजन गर्ने दम्पतिका सन्तान पढाउनका लागि नगरपालिकाले १ लाख रुपैया पुरस्कार दिने नीति तथा कार्यक्रम पास …

कृषि तथा सहकारीमन्त्रीले गरिनन् योजनाको अनुगमन

कालीकोटः कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले पानीमा भिज्दै प्रदेश सरकारबाट निमार्णाधीन योजनाहरूको अनुगमन सुरु गरेकी छिन् । कालिकोट जिल्लामा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट परेका योजनाहरूको अनुगमन सुरु गरेकी हुन् मंगलबार कालिकोट आइपुगेकी मन्त्री केसीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट रास्कोट नगरपालिका, सान्नी …

धारा छ, पानी छैन

कालीकोटः घर आगनमै खाने पानीको धारा र्निमाण भएको १ बर्ष भयो धारामा पानी नै नखसे पछि जिल्लाको डिकेधारीका स्थानीय बासी टाढाको मुहानको दुषित पानी खान बाध्य भएका छन् । नरहरिनाथ गाउँपालिका–१ डिके धारीका अधिकाँश स्थानीयको घर आगनमै पानीको धारा निमार्ण भएको १ वर्ष वितिसक्दा पनि धारामा पानी नखसेपछि कुवाको दुषित …

विद्येक फिर्ता नलिए सडकमा जाने–तरुण महासचिव शाहीको चेतावनी

बिस्नप्रसाद न्यौपाने कालिकोट जेठ १४ गते । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले सरकारले प्रेसको घाँटी निमोठ्ने गरी ल्याएको मिडिया काउन्सिल बिद्येकको बिरुद्ध नेपाल तरुण दल सडकमा जाने चेतावनी दिएका छन् । नेपाली कांग्रेसले सुरु गरेको जागरण अभियानका क्रममा गृह जिल्ला कालिकोट आएका तरुण महासचिव शाहीले यस्तो चेतावनी दिएका हुन् …

गाउँमै सेवा पाएपछि स्थानीय खुसी

कालीकोटः पलाता गाउँपालिका–१ पुलाहाकी भदुरी भण्डारीलाई जग्गाको लालपूर्जाले सताउँथ्यो । एक÷दुई दिन भित्र जिल्ला मालपोत कार्यालयमा गएर लालपूर्जा बनाउने उनको योजना थियो । गाउँमै संचालन भएको डोरबाट लालपूर्जा बनाउन पाउँदा उनी निकै खुसी भएकी छन् । कहिले लालपूर्जा बन्ला भन्ने लागेको थियो’ उनले भनिन् ‘यति सहजै लालपूर्जा बन्छ भन्ने सोँचेकी …

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप, कक्षा कोठाको अभाव

कालीकोटः जिल्लाको महावै गाउँपालिका–२ मा रहेको तिला आधारभूत विद्यालय पादमघाटमा कक्षा कोठाको अभाव भएको छ । निजी स्कुलमा पढिरहेका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुँदा विद्यालयमा कक्षा कोठाको अभाव भएको हो । इसिडीदेखि कक्षा २ सम्म अंग्रेजी माध्यमबाट पढाई हुन थालेपछि विद्यार्थीको चाप बढेको हो । कक्षा ८ सम्म पढाइ हुने …

विप्लपको डरले विद्यालयको अनुगमन भएन

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिका–६ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा कार्यरत शिक्षकले नपढाएरै तलव खाने गरेको खुलासा भएको छ । कक्ष १ देखि ३ सम्म पढाई हुने उक्त विद्यालयमा अध्यापन गराउने शिक्षक विद्यालय नआएर उनीहरुको खातामा तलव निकासा हुने गरेको रहस्य खुलेको हो । विद्यालयको भौतिक पूवाधार र व्यवस्थापन राम्रो …

पट्के योजनाहरु भन्दा एकिकृत योजना देउ

प्रदेश सरकारलाई जनप्रतिनिधिको सूझाव

कालिकोट:  कालिकोटका स्थानिय तहका जनप्रतिनिधिहरुले कर्णाली प्रदेश सरकारलाई कृषि र पशुपालन क्षेत्रमा एकिकृत कार्यक्रम सहित बजेटमा मुख्य प्राथमिक्ता दिन सुझाव दिएका छन् । कर्णाली प्रदेशको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा शुक्रबार जिल्ला समन्वय समिति कालिकोटमा भएको आर्थिक बर्ष २०७६∕०७७ को नीति तथा कार्यक्रम, योजना तर्जुमा गोष्ठिमा सहभागी कालिकोटका …